site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति विवाद : अन्तरिम आदेशका लागि न्यायाधीश प्रधान र ढकालको इजलासमा
Dabur Nepal
NIC Asia

काठमाडौं । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिको विवाद सम्बन्धी रिट न्यायाधीश सपना प्रधान मल्ल र बालकृष्ण ढकालको इजलासमा परेको छ । यही असार १७ गते अध्यक्षका आकांक्षीमध्येका सन्तोेषनारायण श्रेष्ठले दायर गरेको रिटमा १८ गते न्यायाधीश अब्दुल अजिज मुसलमानको इजलासले अल्पकालीन अन्तरिम आदेश जारी गरेको थियो । 

अन्तरिम आदेश प्रयोजनका लागि आज दुवै क्षलाई डाकिएको छ । अध्यक्ष नियुक्तिका लागि अन्तरिम आदेश भएमा धितोपत्र बोर्डको अध्यक्ष छनोट समितिले गरेको सर्टलिस्टमा परी कार्यपत्र समेत प्रस्तुत गरिसकेका मध्येबाट अध्यक्ष नियुक्ति हुनेछ । 

छनोट समितिले पाँचजनाको सर्टलिस्ट गरेकोमा तीनजना कार्यपत्र प्रस्तुति र अन्तर्वार्तामा अनुपस्थित भएका थिए । कम्तिमा तीनजना समितिले सिफारिस गर्नुपर्ने कानुनी व्यवस्था देखाएर नियुक्ति प्रक्रिया रद्ध गरिएको थियो । त्यसविरुद्ध सर्टलिस्टमा परेर कार्यपत्र र कार्ययोजना समेत प्रस्तुत गरेका श्रेष्ठ रिट लिएर सर्वोच्च पुगेका हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  ११:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro