site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
पाँचथरमा कुटपिटबाट एकको मृत्यु, तीनजना घाइते
प्रतीकात्मक तस्बिर ।

पाँचथर । अज्ञात समूहको कुटपिटबाट पाँचथरमा एकजनाको मृत्यु भएको छ । तीनजना घाइते छन् । कुटपिटबाट फिदिम नगरपालिका–१४, आहालका ३७ वर्षीय दिनेशकुमार राईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

गए राति गाउँकै धनकुमार राईको घरमा राखिएको चिन्ता (धामीझाँक्री) हेर्न गएका दिनेशसहित परशु राई, ध्रुव राई र पुस्कर विकमाथि १५–२० जनाको समूहमा आएका व्यक्तिले कुटपिट गरेका थिए । घाइते चारैजनालाई उपचारका निम्ति जिल्ला अस्पताल फिदिम ल्याइएको थियो ।

उपचारका क्रममा दिनेशको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी बिनालाल साह तेलीले जानकारी दिए ।

घाइतेमध्ये धुव्र र पुस्कर विक सामान्य उपचारपछि अस्पतालबाट ‘डिस्चार्ज’ भएका छन् । कुटपिटमा संलग्न व्यक्तिको पहिचान हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्नको खोजीका निम्ति प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरीचौकी रानीटार र पौवासारतापबाट टोली परिचालन गरिएको जनाइएको छ । रासस

प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १०:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro