site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सर्लाहीबाट नेपाल भित्रियो वनस्पति नाशक किरा ‘सलह’

जनकपुर । केही हप्ता अघि भारतको बंगालमा देखिएको वनस्पति नाशक किरा ‘सलह’ प्रदेश २ को सर्लाही हुँदै नेपालमा समेत प्रवेश गरिसकेको छ । शनिबार अचानक सर्लाहीमा करिब एक लाखको संख्यामा देखिएको उक्त किरा सलह नै भएको प्रदेश २ का भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले पुष्टी गरेका छन् ।

राज्यमन्त्री यादवले बाह्रखरीसँग भने, “सर्लाहीमा हजारौंको संख्यामा देखिएको नौलो किरा सलह नै हो । सर्लाहीमा सलह आएको विषयमा द्विविधा रहेन अब कति संख्यामा र कुन नाकाबाट नेपालमा प्रवेश गरेको हो भन्ने विषय मुख्य अनुसन्धानको कुरो हो ।” 

सलह किरा नेपाल प्रवेश गरेको नाका र संख्या पत्ता लगाउन प्रादेशिक कृषि निर्देशनालयका निर्देशक रतनकुमार झाको नेतृत्वमा कृषि वैज्ञानिकहरुको टोली परिचालन गरिएको राज्यमन्त्री यादवले जानकारी दिए । उनका अनुसार उक्त टोली अहिले सर्लाहीको तेलबाली अनुसन्धान केन्द्रमा बसेर काम गरिरहेको छ । 

यसैबीच, सलह किरा नेपालमा पसेको नाका पहिल्याउन, कति संख्यामा रहेको भन्ने यकिन गर्न र यसलाई नियन्त्रण गर्न सक्ने आधारको वारेमा छलफल गर्न नेपाल, भारत, पाकिस्तान र बंगलादेश लगायत मुलुकका कृषि वैज्ञानिकहरु जुम मिटिङमार्फत छलफल सुरु गरिसकेको र केही घण्टाभित्रै विस्तृत विवरण सार्वजनिक गर्ने उनले बताए । 

प्रकाशित मिति: शनिबार, असार १३, २०७७  १४:२३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro