site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
आन्तरिक मामिलामन्त्रीले भने– ‘दोषीलाई कडा कारबाही गरिन्छ’

जनकपुर । प्राथमिक उपचारसमेत पाउन नसकेर प्रादेशिक अस्पतालमा भएको १६ वर्षीय राजु सदाको मृत्युबारे छानबिन गर्न प्रदेश सरकारले अग्रसरता देखाएको छ । 

भारतको चेन्नईमा होटल मजदुर रहेका राजु गाउँ फर्केर दुई सातासम्म क्वारेन्टिन बसेपछि पखाला लागेर अस्पताल पुर्‍याइएको थियो । भारतबाट फर्केकै आधारमा सम्भावित कोरोना संक्रमितको सूचीमा परेका राजुलाई तत्काल देखिएको स्वास्थ्य समस्याको उपचार गर्नुभन्दा संक्रमितहरू बस्ने आइसोलेसनमै राखियो । 

यहाँ अस्पतालप्रति शंका उत्पन्न हुने प्रमुख दुई आधार छन्, संक्रमित भएको पुष्टि नहुँदै अन्य संक्रमित बस्ने कोठामा राजुलाई राख्न मिल्थ्यो, मिल्थेन । अर्को, संक्रमित भएर आइसोलेसनमै भर्ना भए पनि सहनै नसक्नेगरी स्वास्थ्यमा समस्या आए उपयुक्त उपचार किन गरिँदैन ? अस्पतालले यस्तै लापरबाही गरिरहने हो भने कैयौं राजुले अनाहकमा ज्यान गुमाइरहनेछन् । 

राजुले प्राथमिक उपचारसमेत नपाउँदा दर्जनौं चिकित्सक परिचालन भइरहने प्रादेशिक अस्पतालमा तड्पिएर मृत्यु भएको खबर सञ्चारमाध्यमहरूमा आउन थालेपछि सरकारले घटना छानबिन गर्न अग्रसरता देखाएको छ । प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयले तत्काल प्रादेशिक स्वास्थ्य निर्देशनालयका निर्देशक हरिश्चन्द्र साहको संयोजकत्वमा तीन सदस्यीय छानबिन टोली गठन गरेको हो । 

“राजुको मृत्यु घटनाबारे सञ्चारमाध्यमले प्रस्तुत गरेको घटनाक्रम र आइसोलेसन कक्षमै राजुले उपचार नपाउँदा पीडाले छट्पटाइरहेका राजुको भिडिओले डाक्टरको ठूलै लापरबाही झल्किरहेको छ,” आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्रकुमार यादवले बाह्रखरीसँग भने, “घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कडा कारबाही गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।” 

मन्त्री यादवले राजुको परिवारलाई अन्तरिम राहतस्वरूप तत्काल पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको पनि सुनाए । “घटना रहस्यमय हो । घटनाको सूक्ष्म अनुसन्धान आवश्यक छ र यसका लागि सरकारले समिति गठन गरी अग्रसर भइसकेको अवस्था छ,” मन्त्री यादवले थपे, “दोषी जो कोही भए पनि उन्मुक्ति दिइन्‍न ।”
 

प्रकाशित मिति: शुक्रबार, असार १२, २०७७  १३:३१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro