site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
प्रियंका र अनुराग ब्रान्ड एम्बेसडरका रूपमा टीआईएफएफ २०२० मा आमन्त्रित
Sarbottam CementSarbottam Cement

एजेन्सी । अभिनेत्री प्रियंका चोपडा र चलचित्र निर्माता अनुराग कश्यप यस वर्षको टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल (टीआईएफएफ) मा दूत (ब्रान्ड एम्बेसडर) का रूपमा आमन्त्रित भएका छन् । ५० प्रख्यात चलचित्र निर्माता र कलाकारको सूचीमा उनीहरू पनि परेका हुन् । 

फिल्म फेस्टिभल सेप्टेम्बर १० देखि १९ सम्म सञ्चालन हुनेछ । कोरोना भाइरस महामारीका कारण पहिलोपटक डिजिटल स्क्रिनिङ र भर्चुअल रेड कार्पेट हुने आयोजकले विज्ञप्ति जारी गरी जनाएको छ । गालामा प्रियंका र अनुरागसहित ओस्कर विजेता तथा चर्चित अन्तर्राष्ट्रिय चलचित्र निर्माताहरू पनि सामेल हुनेछन् । यस ४५औं फिल्म फेस्टिभलमा पहिलो ५ दिन ५० फिल्म सामाजिक दूरी कायम गरी हलमै प्रदर्शन गरिने जनाइएको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

फिजिकल स्क्रिनिङका लागि सम्बन्धित ठाउँको स्वास्थ्य अधिकारीहरूबाट स्वीकृति लिन आवश्यक भएको बताइएको छ ।  इतिहासमै पहिलोपटक टीआईएफएफले डिजिटल प्लेटफर्ममार्फत फेस्टिभल आयोजना गर्न लागिएको हो । अनलाइनमार्फतै चलचित्र प्रदर्शनी, बहस तथा अन्य कार्यक्रमहरू सञ्चालन हुनेछ, जसमा टोरोन्टोबाहेक आमदर्शकहरूले पनि हेर्न पाउनेछन् ।

फेस्टिभलको वार्षिक टीआईएफएफ ट्रिब्युट अवार्ड पनि भर्चुअली नै हुनेछ, जसमा फिल्म क्षेत्रमा उल्लेखनीय योगदान पुर्‍याएका व्यक्तिहरूलाई सम्मान गरिनेछ । कोरोना भाइरस महामारीका कारण रद्द भएका अन्तर्राष्ट्रिय फिल्म महोत्सवहरू अहिले अनलाइनमार्फत सञ्चालन हुन थालेका छन् । जसमा कान्स फिल्म फेस्टिभल पनि अनलाइनमार्फतै सञ्चालन भइरहेको छ । (इन्डियन एक्सप्रेस)
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ११, २०७७  १३:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement