site stats
बाह्रखरी :: Baahrakhari
प्रविधि
Global Ime bankGlobal Ime bank
सेवा प्रदायकलाई सरकारले भन्यो– कर नबुझाएर इन्टरनेट बन्द गर्ने काम नगर

काठमाडौं । सरकारले नेपालमा इन्टरनेट सेवा अवरुद्ध भएको विषयमा ध्यानाकर्षण भएको जनाएको छ ।

देशभर इन्टरनेट सेवा अवरुद्ध भएपछि बिहीबार साँझ एक विज्ञप्तिमार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सरकारलाई कर नबुझाएर इन्टरनेट सेवा बन्द गर्ने काम नगर्न आग्रह गरेको छ ।

Dabur Nepal
NIC Asia

मन्त्रालयले आम उपभोक्ताबाट अग्रिमरूपमा संकलन गरेको महसुलबाट राज्यलाई बुझाउनुपर्ने कर समयमा नबुझाएर इन्टरनेटजस्तो अत्यावश्यक सेवा अवरुद्ध नगर्न भनेको छ ।

"इन्टरनेट सेवा प्रदायकहरूले देशभित्र इन्टरनेट सेवा प्रदान गरेवापत ग्राहकबाट अग्रिमरूपमा महसुल लिने गरेको, यसरी लिएको महसुलबाट वार्षिक आयको २ प्रतिशत ग्रामिण दूरसञ्चार विकास कोष र वार्षिक कूल आम्दानीको ४ प्रतिशत रोयल्टी बुझाउनुपर्ने व्यवस्था दूरसञ्चार ऐन, २०५३ को दफा ३० र दूरसञ्चार नियमावली, २०५४ को नियम २६ मा रहेको छ," मन्त्रालयले भनेको छ । 

यही व्यवस्थामा रहेर नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकहरूलाई पटकपटक महसुल तिर्न आग्रह गरिसकेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार प्राधिकरणमा दर्ता भएका १२२ वटा इन्टरनेट सेवा प्रदायकहरू र २३ वटा नेटवर्क सेवा प्रदायकहरूमध्ये केही इन्टरनेट सेवा प्रदायकबाहेक अन्य सेवा प्रदायकहरूले बुझाउनुपर्ने शुल्क बुझाइसकेका छन् । शुल्क बुझाउने सेवा प्रदायकहरूको विदेशी मुद्रा सटही सिफारिस नेपाल दूरसञ्चार प्राधिकरणको सिफारिसमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले गर्ने कानूनी व्यवस्था बमोजिम नियमितरूपमा सिफारिस भइरहेको पनि मन्त्रालयले स्पष्ट पारेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २१:११
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro