site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
नेपालको निर्यातलाई प्रवर्धन गर्न फिन र कास्मेबीच समझदारी
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपालको निर्यात व्यवसायी महासंघ (फिन) र चाइना एसोसिएसन फर स्मल एन्ड मिडियम कमर्सियल इन्टरप्राइजेज (कास्मे)बीच नेपालको निर्यातलाई प्रवर्धन गर्नेसम्बन्धी समझदारी भएको छ ।

बिहीबार फिनका तर्फबाट अध्यक्ष शंकरप्रसाद पाण्डे र कास्मेको तर्फबाट उपाध्यक्ष शाङ श्विईले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

समझदारी अनुसार कास्मेले संयुक्त अभियान र 'बीटूबी' बैठकहरूको आयोजना गरेर चीनमा नेपाली निर्यातयोग्य उत्पादनहरूको प्रवर्धन गर्न सहजीकरण गर्नेछ ।

Prabhu Bank
Agni Group
NIC Asia

यसैगरी नेपालबाट चीनमा हुने निर्यातयोग्य उत्पादनहरूको प्रवर्धनका लागि संयुक्त अन्तर्राष्ट्रिय व्यापार मेलाहरू आयोजना गर्ने समझदारी भएको छ । चिनियाँ उत्पादनको प्रवर्धनका लागि पनि प्रदर्शनी मेलाहरू आयोजना गरिनेछ ।

दुवै निकायबीच सूचना आदानप्रदान र क्षमता अभिवृद्धिका कार्यक्रम गर्ने पनि समझदारी भएको छ ।

Global Ime bank

कास्मेले आफ्ना अनलाइन प्लेटफर्महरूबाट नेपाली उत्पादनहरू प्रवर्धन गर्न पनि सघाउनेछ ।

मेसिनरी र उपकरणहरूको सन्दर्भमा अनुसन्धानमा आधारित नयाँ विकासहरूबारे आदानप्रदान गर्ने समझदारी भएको छ ।

समझदारी अनुसार फिनले नेपालमा प्रत्यक्ष वैदेशिक लगानीका लागि उपयुक्त क्षेत्र र सम्भावित साझेदारहरू खोज्न सहयोग गर्नेछ । कास्मेले विदेशी लगानी भित्र्याउन सहोग गर्नेछ ।

कास्मेले नेपालमा नेपाल–चीन राष्ट्रिय औद्योगिक पार्क विकास गर्न सहयोग गर्ने पनि समझदारी भएको छ । फिनले सम्बन्धित निकायसँग सहकार्य गरेर पार्कको विकास गर्न सहयोग गर्नेछ ।

दुवै संस्थाले नेपाल र चीनमा आफ्नो सम्पर्क कार्यालय स्थापना गर्न सहयोग गर्ने समझदारी पनि भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २०:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय