site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
कोसीकी नेहा सर्वोत्कृष्ट, सुदूरपश्चिमकी यशोदा उच्च गोलकर्ता

काठमाडौं । कोसी प्रदेशकी नेहाकुमारी चौधरी राष्ट्रिय महिला लिग छनोटमा सर्वोत्कृष्ट खेलाडी चुनिएकी छन् ।

प्रतियोगितामा अपराजित रहँदै च्याम्पियन बनेको नेहा सर्वोत्कृष्ट खेलाडी चुनिँदा कोसीकै सुशीलाकुमारी चौधरी उत्कृष्ट गोलकिपर घोषित भइन् ।

यस्तै, प्रतियोगितामा आठ गोल गरेकी सुदूरपश्चिमकी यशोदाकुमारी चिराल उच्च गोलकर्ता चयन भइन् । 

Dabur Nepal
NIC Asia

प्रतियोगिताको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ३–० को जित निकाल्दै लिगको सुखद अन्त्य गरेको छ ।

यो जितसँगै ६ खेलबाट १५ अंकसहित सुदूरपश्चिमले दोस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो । सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताबाट कोसी प्रदेश च्याम्पियन हुँदै छनोट हुँदा सुदूरपश्चिम दोस्रो र कर्णालीले तेस्रो स्थानमा रहेर लिगको यात्रा निश्चित गरेका हुन् ।

प्रतियोगितामा बलियो मानिएको मधेस प्रदेश भने चौथो स्थानमा रहँदै बाहिरिएको छ । मधेसलाई राष्ट्रिय लिगमा छनोट हुन बिहीबार कर्णालीले हार्नुपर्ने समीकरण थियो । तर, कर्णालीले गण्डकीविरुद्ध सहज जित निकालेसँगै मधेसको सम्भावना सकिएको हो । 

लिग लिडर कोसी अपराजित रहँदा ६ खेलबाट १६ अंक जोड्न सफल रह्यो । दोस्रो स्थानको सुदूरपश्चिमले ६ खेलबाट १५ र तेस्रो स्थानको कर्णालीले ६ खेलबाट १२ अंक जोडेका छन् ।

चौथो स्थानमा सीमित बनेको मधेसले ६ खेलबाट नौ अंकमात्र जोड्न सक्यो । तीन खेलमा जित निकालेको मधेसले एक खेलमा बराबर र दुई खेलमा हारको सामना गरेको थियो ।

पाँचौँ स्थानको गण्डकीले ६ खेलबाट ६ अंक जोड्यो । छैटौँ स्थानको लुम्बिनीले तीन अंक जोडेको छ । तालिकाको पुछारमा रहेर प्रतियोगिताको अन्त्य गरेको वाग्मती भने अंकविहीन रह्यो । वाग्मतीले प्रतियोगिताको सबै खेलमा हार बेहोरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख २०, २०८१  २१:४५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro