देश
चन्द्रौटा । कपिलस्तुको कृष्णनगरमा कुखुराका चल्ला नष्ट गरिएको छ । भारतबाट अवैध रूपमा नेपाल ल्याइँदै गरेको २५ बाकस चल्ला प्रहरीले बरामद गरेको थियो ।
कृष्णनगर नगरपालिका वडा नं १२ हरिगवाबाट करिब तीन हजार चल्ला बरामद गरिएको इलाका प्रहरी कार्यलय कृष्णनगरका प्रहरी निरीक्षक प्रताप पौडेलले बताए ।
ती चल्लाको मूल्य रु २ लाख ८१ हजार २५० रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ । विभिन्न सरोकार निकायको रोहवरमा आइतबार चल्ला नष्ट गरिएको थियो । रासस
सांकेतिक तस्बिर
प्रकाशित मिति: आइतबार, असार ७, २०७७ १४:३७
प्रतिक्रिया दिनुहोस्