site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
परराष्ट्रमन्त्री राणा हमासको कब्जामा रहेका विपीन जोशीको रिहाइका निम्ति राजदूत गुहार्दै

काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले प्यालेस्टिन चरमपन्थी समूह हमासले बन्धक बनाएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइको पहल गरिदिन विभिन्न देशका राजदूतलाई आग्रह गरेकी छन् ।

परराष्ट्रमन्त्री राणाले शुक्रबार नेपालका लागि कतारका राजदूत मिशाल मोहम्मद अली अनसारी र नेपालको लागि इजिप्टकी राजदूत नोहा हम्दी अहमद एलगेबालीसँग कुराकानी गरी जोशीको रिहाइको लागि पहल गरिदिन अनुरोध गरेकी हुन् ।

यसअघि उनले नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बाससँग भेटवार्ता गरी जोशीको रिहाइका लागि अनुरोध गरेकी थिइन् ।

Dabur Nepal
NIC Asia

परराष्ट्र मन्त्रालयका अनुसार परराष्ट्रमन्त्री राणाले शुक्रबार दिउँसो नेपालका लागि कतार राज्यका अनसरीसँग टेलिफोन वार्ता गरेकी थिइन् । राजदूत हाल बिदा मनाउन कतार गएका छन् ।

“कुराकानीमा मन्त्रीले अक्टोबर ७, २०२३ देखि हमासद्वारा बन्धक बनाइएका विपीन जोशीको विशेष उल्लेख गर्नुभयो । कतारले इजरायल र हमासबीचको वार्तामा प्रमुख भूमिका खेल्दै आएकोले जोशीको नाम रिहा गरिने बन्दीहरूको सूचीमा राख्न राजदूतमार्फत कतार सरकारलाई अनुरोध गर्नुभयो,” परराष्ट्र मन्त्रालयले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेको छ ।

कुराकानीका क्रममा परराष्ट्रमन्त्रीले जोशीको रिहाइको लागि गरेको अनुरोध तुरुन्त कतार सरकारसमक्ष पुर्‍याउने प्रतिवद्धता राजदूतले गरेका थिए ।

परराष्ट्रमन्त्री राणासँग शुक्रबार नै नेपालका लागि इजिप्टका राजदूत नोहा हम्दी अहमद एलगेबालीले शिष्टाचार भेटवार्ता गरेकी थिइन् । भेटमा नेपाल र इजिप्टबीचको द्विपक्षीय सम्बन्धका विभिन्न मुद्दाहरूमा छलफल भएको थियो ।

भेटमा राजदूतमार्फत परारष्ट्रमन्त्री राणाले ७ अक्टोबर २०२३ देखि हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी जोशीको तत्काल रिहाइको लागि पहल गरिदिन इजिप्ट सरकारसँग अनुरोध गरेकी थिइन् ।

परराष्ट्रमन्त्री राणा र नेपालका लागि इजिप्टकी राजदूतबीचको कुराकानी जोशीको रिहाइमा केन्द्रित भएको परराष्ट्रले जनाएको छ ।
परराष्ट्रमन्त्री राणासँग यही पुस २४ गते नेपालका लागि इजरायलका राजदूत शमुलिक एरी बास शिष्टाचार भेट गरेका थिए । “इजरायलमा भएको आक्रमणपछि हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपीन जोशीको रिहाइमा सहयोगको लागि नेपाल सरकारको अनुरोधलाई नवीकरण गर्यौं,” भेटवार्तापछि परराष्ट्रमन्त्री राणाले बताएकी थिइन् ।

गाजाको युद्धविराम सम्र्झाताअन्तर्गत हमासले रिहा गर्ने ३४ बन्धकको सूची सार्वजनिक गरेपछि परराष्ट्रमन्त्री राणाले इजरायली राजदूतलाई परराष्ट्र मन्त्रालयमा बोलाएकी थिइन् । भेटमा इजरायली राजदूतले पहिलो चरणमा रिहाइको लागि बालबालिका, बृद्धवृद्धा, विरामी र महिलाहरूको नाम पठाइएको र सोही अनुसार हमासले रिहा गर्न लागेको जानकारी परराष्ट्रमन्त्री राणालाई दिएका थिए ।

त्यससपछि मन्त्री राणाले दोस्रो चरणमा रिहा गर्ने बन्धकको सूचीमा जोशीको नाम पनि समावेश गर्न अनुरोध गरेकी थिइन् । जवाफमा मन्त्री अनुरोधलाई इजरायल सरकारसमक्ष पुर्‍याउने प्रतिवद्धता जनाएका थिए ।

गत साता सार्वजनिक भएको हमासले रिहा गर्ने ३४ बन्धको सूचीमा १० जना महिला र ११ जना पुरुष ५० देखि ८५ वर्ष उमेर समूहका थिए ।

रिहा हुने सूचीमा २४ वर्षीय रोमी गोनेन, २८ वर्षीय एमिली दमारी, २९ वर्षीय अर्बेल येहुद, ३१ वर्षीय डोरोन स्टाइनब्रेचर, पाँच वर्षीय अरिएल बिबास, एक वर्षीय कफिर बिबास, ३३ वर्षीय शिरी सिलबेरम्यान बिबास, १९ वर्षीय लिरी अलबाग, २० वर्षीय करिना अरिएव, २० वर्षीय अगम बर्गर, २० वर्षीय डानियल गिल्बोआ, २० वर्षीय नाम लेवी, ५५ वर्षीय ओहद बेन–अमी, ८० वर्षीय गद मोशे मोजेस, ६५ वर्षीय किथ शमुएल सिगल छन् ।

यस्तै, ५३ वर्षीय अफेर काल्डरन, ५२ वर्षीय एलीयाहु शाराबी, ६९ वर्षीय इत्जहाक एल्गारेट, ८६ वर्षीय श्लोमो मन्सुर, ५० वर्षीय ओहद याहलोमी, ५४ वर्षीय युसुफ युसुफ अल्जीदना, ८४ वर्षीय ओडेद लिफशिट्ज, ५० वर्षीय त्साची इडान, ३६ वर्षीय हिशाम अल–सयेद, ३५ वर्षीय यार्डेन बिबास, ३६ वर्षीय सागी डेकेल चेन, ४६ वर्षीय इयर होर्न, २३ वर्षीय ओमेर वेनकेर्त, २८ वर्षीय अलेक्जेन्द्र ट्रूफानोव, २७ वर्षीय एलीया कोहेन, ३४ वर्षीय ओर लेवी, ३८ वर्षीय अवेरा मंगिस्तु, ३९ वर्षीय ताल शोहम र २१ वर्षीय ओमेर शेम तोव छन् ।

युद्धरत इजरायल र हमासबीच युद्धविराम गराउन कतार र इजिप्टले विशेष पहल गर्दै आएका छन् । बन्धक रिहाइमा समेत उनीहरूले विशेष भूमिका खेल्दै आएका छन् । यसैकारण परराष्ट्रमन्त्री राणाले शुक्रबार कतार र इजिप्टका राजदूतसँग कुराकानी गरी दोस्रो चरणमा रिहाइ हुने बन्धकको सूचीमा जोशीको नाम नछुटाउन अनुरोध गरेकी हुन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro