site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
अदालतको आदेशपछि गौशाला धर्मशालाका पसल खुले

काठमाडौं । उच्च अदालतको अन्तरिम आदेशपछि गौशाला धर्मशालामा रहेका पसल र भोजनालय खुलेका छन् । उच्च अदालत पाटनले पसल र भोजनालय सञ्चालनमा रोक नलगाउनू भन्दै २५ पुसमा अन्तरिम आदेश दिएपछि पसल खुलेका हुन् ।

पशुपति विकास कोषले आफ्नो स्वामित्व रहेको गौशाला धर्मशाला १२ असोजमा काठमाडौं महानगरलाई चलाउन दिने सम्झौता गरेको थियो । उक्त सम्झौतापछि महानगरले गौशाला धर्मशालामा सञ्चालित पसल र भोजनालय बन्द गरेको थियो ।

तर, उच्च अदालत पाटनले १३ मंसिरमा पशुपति विकास कोष र काठमाडौं महानगरबिच गौशाला धर्मशाला सञ्चालनका लागि भएको सम्झौता कार्यान्वयन नगर्न अन्तरिम आदेश दियो । गौशाला धर्मशाला सञ्चालन गर्न नपाए पनि महानगरले धर्मशालामा खोलिएका पसल र भोजनालय भने चल्न दिएको थिएन ।

पसल र भोजनालय चल्न नदिएपछि व्यवसायीहरू अदालत गुहार्न पुगेका थिए । उच्च अदालत पाटनका न्यायाधीश खडानन्द तिवारी र सूर्यप्रसाद पराजुलीको इजलासले २५ पुसमा कोष र महानगरबीच भएको सम्झौता कार्यान्वयन नगर्ने दिइएको अन्तरिम आदेश सम्झाउँदै, गौशाला धर्मशालामा रहेका पसल, भोजनालय बन्द नगर्न अन्तरिम आदेश दिएको हो ।

 

प्रकाशित मिति: शुक्रबार, पुस २६, २०८१  १८:०१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro