site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कलाकारलाई सहुलियतमा ऋण !

काठमाडौं । अहिलेको विषम परिस्थितिमा सरकारले आफूलाई सहुलियतमा ऋणको व्यवस्था गरिदिनुपर्नेमा कलाकारहरूले जोड दिएका छन् । कोभिड–१९ का कारण कलाकारिता क्षेत्र धराशायी भएको भन्दै केही वर्षका लागि सरकारले कलाकारलाई सहुलियतमा लोन दिनुपर्ने उनीहरूको भनाइ छ । 

अभिनेता दयाहाङ राई सरकारले कलाकारलाई धितो नदिने गरेको बताउँछन् । नियमित आय स्रोत हुँदैन भनेर कलाकारलाई सरकारले धितो नै दिँदैन उनी भन्छन् । “तपाईंलाई पक्कै पछि थाहा छ होला कलाकारलाई सरकार तथा वित्तीय संस्थाहरूले लोन दिँदैनन् । यिनीहरूको नियमित आय स्रोत हुँदैन भन्ने मान्यता राखेर धितो दिइँदैन,” अभिनेता राई भन्छन्, “आर्टको क्षेत्रमा लगानी गर्न मलाई ऋण देऊ भन्दा बैंकले यसका लागि लगानीको व्यवस्था नै गरेको छैन भन्छ ।”

चित्रकारले कोरेको महङ्गो भव्य पेन्टिङ मुनि बसेर नीति–नियम बनाउने सरकारी अधिकारी त्यही पेन्टिङ गर्ने व्यक्ति त्यस्तै अर्को पेन्टिङ बनाउन ब्याजमा ऋण माग्न जाँदा नपत्याउने गरेको अभिनेता राईको गुनासो छ । 

गायक हेमन्त शर्मा कोभिड–१९ कारण अबका केही वर्ष कलाका विविध विधामा आर्थिक उपार्जन गर्न कठिन हुनेभन्दै यसतर्फ राज्यले सोच्ने बेला आएको बताउँछन् । सांगीतिक क्षेत्रमा केन्द्रित हुँदै उनी अबको डेढ दुई वर्ष गीतसंगीतमा रहेर जीविकोपार्जन गर्ने कलाकारलाई निकै कठिन हुनेको पूर्वानुमान छ । 

“अबको डेढदेखि दुईवर्ष सांगीतिक कार्यक्रमहरू हुँदैनन् । मेला महोत्सव हुँदैनन् । कन्सर्ट तथा सांस्कृतिक कार्यक्रम नहुँदा हामी जस्तो स्टेज पफर्मेन्सलाई आम्दानीको मुख्य स्रोत बनाइरहेका कलाकारलाई कठिन हुन्छ,” हेमन्त भन्छन्, “यस्तो अवस्थामा कलाकारलाई जीविकोपार्जनका लागि सरकारले सहुलियतमा ऋण दिनुपर्छ । सबैलाई म भन्दिन, जसको प्रपोजलप्रति सरकारलाई विश्वास लाग्छ र यत्तिको व्यक्तिले ठग्दैन भन्ने लाग्छ उनीहरूलाई राज्यले सहुलियतमा लगानीका लागि ऋण  दिनुपर्छ ।”

आफ्नो पेसा व्यवसाय नै संकटमा परेर जीविकोपार्जनका लागि विकल्प खोजिरहेका कलाकारका लागि सरकार जिम्मेवार भएर आफ्नो दायित्वबाट पछि हट्न नहुने उनी बताउँछन् । कला साहित्यको क्षेत्रमा लगानी गर्ने कानुन नभए अहिलेको विषम् परिस्थितिमा त्यसलाई परिमार्जन गरेर सरकारले कलाकारको अभिभावकत्व लिनसक्ने राज्य मात्रै लोक कल्याणकारी राज्य हुने गायक शर्माको भनाइ छ । 

अभिनेता विजय बराल कृषि जस्तै अभिनय पनि पेसा भएको भन्दै कलाकारलाई पनि सरकारले काम गर्छुभन्दा ऋण दिनुपर्ने बताउँछन् । 

“हरेक व्यक्तिका आआफ्नै फरकफरक पेसा व्यवसाय हुन्छन् । आफूले जानेको क्षेत्रमा काम गर्ने हो,” अभिनेता बराल भन्छन्, “मैले काम गरेको क्षेत्रमा मैले अर्थोपार्जनका लागि राम्रो प्रस्ताव लिएर जाँदा किन मलाई सरकारले विभेद गरिरहेको छ ?”

राज्यका दृष्टिकोणमा हरेक नागरिक समान भएको भन्दै यसमा सरकारको ध्यान जानुपर्नेमा उनको जोड छ । “सरकारी कर्मचारी छ भने त्यसलाई डेढ दुईलाखको क्रेडिट कार्ड बैंकले दने, कलाकार भन्नेबित्तिकै नियमित आम्दानी नहुने व्यक्ति अथवा पेसा भन्दै ३०/४० हजारको भन्दा धेरैको क्रेडिट कार्डसमेत नदिने ? राज्यले आफ्नै नागरिकमाथि विभेद गरिरहेको छ,” उनी भन्छन् ।

अभिनेता दयाहाङ राई कला क्षेत्रमा लगानी गर्नका लागि पनि सरकार तथा बैंकिङ क्षेत्रले लोन दिनुपर्नेमा जोड दिन्छन् ।  

चलचित्र निर्माता तथा निर्देशक निर्मल शर्मा कलाकार भन्दैमा बिना धितो ऋण कहीँ कतै पनि नपाइने तर अन्य नागरिक सरह उनीहरूले पनि आवश्यक प्रक्रिया पुर्‍याएको अवस्थामा कलाकारलाई लोन दिनुपर्ने बताउँछन् । 

“धितो, गर्न लागेको कामको फिजिविलिटी अध्ययन गरेर धितो दिने र लिने हो । यदि यसो गरेको अवस्थामा हामीले पनि पाउँछौं नै,” निर्माता तथा कलाकार शर्मा भन्छन्, “अबको कम्तीमा एकडेढ वर्षका लागि चलचित्रको बजार छैन । सामान्य अवस्थामा पनि चलचित्र निर्माणकै लागि भनेर ऋण लिन कठिन थियो । अहिले बजार नभएका कारण झन् कठिन छ ।”

अहिले अवस्था सहज नभएसम्म चाहे म्युजिक भिडियो होस् अथवा सिरियल वा वेभ सिरिज र विज्ञापनमा काम गर्नुपर्ने उनी बताउँछन् । मेरो ‘रेट’ यति भनेर भन्दा पनि निर्मातालाई पनि अहिलेको अवस्थामा सहज हुनेगरी सबैले काम गरेर गुजारा चलाउनु नै उत्तम विकल्प भएको शर्मा बताउँछन् । 

कलाकारहरूले कोरोनाले कला क्षेत्र थलिएका बेला परिस्थिति पहिला कै अवस्थामा नफर्किएसम्म सहुलियतमा सरकारले ऋण उपलब्ध गराउनु पर्ने माग गरेका छन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार ४, २०७७  १५:५८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro