site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
लकडाउनमा ‘भर्चुअल साउन्ड’मार्फत ललितकलाको दृश्यपान 
SkywellSkywell

कोरोना भाइरसको संक्रमणका कारण विश्व ठप्प छ । सिनेमा हल, आर्ट ग्यालरी, नाटकघर सबै लामो समयदेखि बन्द छन् । लकडाउन भए पनि चित्रकारहरु घरभित्रै बसेर चित्र बनाइरहेका छन् । कलाकारहरुको क्यानभासमा भने वाहिरको मनोरम वातावरण, कलाकौशल, सुन्दर प्रकृति चित्रण भैरहको छ । 

लकडाउनमा गरेका सिर्जनाहरुले केही सातापछि नै ग्यालरीको बडेमान भित्तामा कलापारखीहरु सामू सजिन पाउने आशा गरेका ती सिर्जनाहरुले ग्यालरीमा सजिन पाउने कहिले भनेर अन्योल हुन थालेको छ । कारण, कोरोना संक्रमितको संख्या दिनानुदिन बढ्दै गएसँगै लकडाउनको समयावधि पनि बढ्न थालेको छ ।

यस्तोमा कलाकारहरु आ–आफनो सामाजिक सञ्जाल फेसबुकको भित्तामा सिमित व्यतिmहरुबीच आफ्नो कला पस्किन बाध्य छन् । कलाकारहरुको सुन्दर सिर्जनालाई फेसबुकका वालमा सिमित भएको नजिकबाट नियालिरहेका कलाकार एनबी गुरुङलाई यो कुरा चित्त बुझेन । उनले लकडाउनमा नेपाली कलाकारहरुले कोरेका सुन्दर सिर्जनाहरुलाई लकडाउनपछि ग्यालरीमा सजाउने योजना बनाए । तर लकडाउन खुल्ने नदेखेपछि उनले भर्चुअल ग्यालरी राम्रो विकल्प हुने सोचेर अनलाइन कला प्रदर्शनीको घोषणा गरे । 

KFC Island Ad
NIC Asia

‘भर्चुअल साउण्ड’ शिर्षकमा उनले आज २३ मे देखि २२ जुनसम्म अनलाइन कला प्रदर्शनीको आयोजना गरेका हुन् । 

अनलाइन कला प्रदर्शनीको उद्देश्य प्रस्टयाउँदै गुरुङ भन्छन्,“विश्वले भोगीरहेको यो अप्ठ्यारो अवस्थामा हाम्रा कलाकारहरुले पनि घरभित्रै बसेर काम गरिराख्नु भएको छ । तर उहाँहरुका कलाले फाट्फुट रुपमा फेसबुकका वालमा मात्रै सिमित हुनु परेको देखेर किन यस्लाई मास दर्सकसम्म नपुर्याउने त भनेर अनलाइन कला प्रदर्शनी गरेको हो ।” 

Royal Enfield Island Ad

यसरी लकडाउनको समयमा कलाकारहरुको सिर्जनाले उचित स्थान र मूल्य नपाएको कुरालाई मध्येनजरगर्दै कलाकार एन बी गुरुङले ती सिर्जनालाई विश्वभरीका कलापारखीसामु पुर्याउने प्रयास गरेको बताए । 
‘भर्चुअल साउन्ड’ गुरुङको आफ्नै युट्युब च्यानल एन बी गुरुङ आर्ट स्टुडियो मार्फत २३ मे को बेलुकाको ८ बजे प्रिमियर हुँदैछ । युट्युबका साथै गुरुङको आफ्नै फेसबुक पेज एनबी गुरुङमार्फत पनि हरेक दिन लाइभ स्ट्रिम हुने छ । “विद्युतीय माध्यमबाट एक सकारात्मक आवाज कन्भे गर्ने कन्सेप्टले ‘भर्चुअल साउन्ड’ नाम राखेको छु ।”

वैशाख १९ देखि २२ गतेसम्म इच्छुक कलाकारले आफ्नो कला प्रदर्शनीको लागि पठाउन आह्वान गरिएको थियो । जसमा ८० जना कलाकारले आफ्नो कला पठाएका थिए ।

“मैले यस अनलाइन प्रदर्शनीको आह्वान गरिरहँदा मलाई यति धेरै कलाकारहरुले भाग लिनु होला भन्ने लागेको थिएन । तर कलाकारहरुको बाक्लो  सहभागिताले म आफैं अच्चममा परेको थिएँ”, उनले खुशी व्यतm गरे । बाक्लो सहभागिताले कलाकारहरु आफ्नो सिर्जना प्रस्तुत गर्न लालायित भएको उनले महसुस गरेका छन् । 

तर समय र प्राविधिक पाटोलाई ध्यानमा राख्दै सबै सिर्जनाई समेट्न असमर्थ भएका कारण उनले उत्कृष्ट ६० चित्रहरु प्रदर्शनीका लागि छनोट गरेका छन् । 

जसमा सिनियर देखि जुनियर कलाकारहरुको सहभागिता रहेको छ । 

ललितकला प्रज्ञा पं्रतिष्ठानका कुलपति केके कर्मचार्य, गोपाल चित्रकार, राधेश्याम मुल्मी,बाबुराजा धोइला, डिराम पाल्पाली, सुष्मा राजभण्डारी, मुकेश मल्ल, यादव भुर्र्तेललगायत ६० जना कलाकारहको ६० वटा पेन्टिङ प्रदर्शनीमा राखिएका छन् । 

ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति केके कर्मचार्यले पनि लकडाउनको समय अरु कलाकारले जस्तै कूची र रंगले क्यानभासमा कुची खेलाइरहेका छन् । सोही उपलल्ब्धी उनले अनलाइन कला प्रदर्शनीमा पठाएका छन् । यो प्रदर्शनीका सिनियर कलाकारमध्येका एक कर्मचार्यले नेपाल जस्तो साँघुरो बजारमा अनलाइन प्रदर्शनी कलाकारका लागि राम्रो प्लेटफर्म हुने बताए । 

उनका अनुसार नेपालमा सामाजिक सञ्जालमार्फत कलाकारहरुको आफ्नै पहलमा अनलाइन प्रदर्शनी भए पनि औपचारिक रुपमा युट्युबमार्फत भने यो पहिलो पटक नै हो । जुन एक राम्रो पहल भएको उनको भनाइ छ ।

“विश्वभरीका कलापारखीहरुले एकैचोटी अवलोकन गर्न पाउने भएकोले आर्थिक रुपमा पनि यसको बजार फराकिलो हुन्छ । त्यसैले लकडाउनको समयमा मात्रै नभई स्थिति सामान्य भैसक्दा पनि यसलाई निरन्तरता दिनसक्यो भने अझै राम्रो हुन्छ” उनले अनलाइन कला प्रदर्शनीको दीर्घकालीनताको महत्वबारे प्रस्ट्याए ।

प्रदर्शनीमा यहि लकडाउनमा बनाएका सिर्जनाहरु एब्सट्रयाक, सेमिएब्स्ट्रयाक, ल्यान्डस्केप, पोट्रेट विधाका चित्रहरु छन् ।

कलापारखीलाई ग्यालरीमा प्रत्यक्ष गएर कलाको दृश्यपान गरेको अनुभूति गराउन गुरुङले यस प्रदर्शनीलाई थ्री डि एनिमेसनमा ढालेका छन् । 

“ग्यालरीमा गएर प्रत्यक्ष हेर्नुको आफ्नै प्रकारको सौन्दर्य छ । तर अहिले यस्तो विषम परिस्थितीमा विश्व नै अनलाइनबाटै चलिरहेको हुँदा यो ग्यालरीमा गएर हेर्नुको राम्रो विकल्प हुन सक्ने भएकोले र यसलाई प्रत्यक्ष ग्यालरीमा गएर अवलोकन गरेको अनुभुति गराउन थ्री डि प्रर्दशनी गरेको छु”, उनले भने ।

नेपालमा अनलाइन प्रदर्शनी नौलो भए पनि विश्वमा यो शैली पुरानै भएकोले ग्यालरीमा प्रदर्शन गरिनुभन्दा अनलाइन कला प्रदर्शनी अझै राम्रो हुने तर्क कलाकार मुकेष मल्ल पनि राख्छन् । 

मुशेष मल्ल पछिल्लो केहीवर्षदेखि ‘नेपाली चित्रकलाको इतिहास’को बारेमा अनुसन्धानमुलक पुस्तक लेख्नमा व्यस्त छन् । कुची, रंग अनि क्यानभासबाट लामो समय टाढा रहेका उनलाई लकडाउनले पुनः पहिले जस्तै रंगमा खेल्ने बानी बसायो । 

कोरोना भाइरस फैलिन नदिन सरकारले लकडाउनको घोषणा गरेपछि मल्लले के गर्ने के नगर्ने भेउ पाउन सकेनन् । करिब एक हप्तासम्म त न उनले लेखनमा ध्यान दिन सके न अरु केही । छट्पटि बढ्दै गएसँगै लकडाउनको आठौँ दिन मल्लले सोलुसन पाए, पेन्टिंग । 

लकडाउन ८ नामदिएर उनले आठौँ दिनमा कूची र रंगले आफ्नो मन र मस्तिष्कमा एकहप्तादेखि पैदा भैरहेको छटपटिलाई पोखे । एब्स्ट्रयाक पेन्टिंगमा उनले आफनो जिन्दगीको उकुसमुकुस्तालाई क्यानभासमा बगाएका छन् । 
अहिले उनी लकडाउनको समय चित्र कोर्नमा व्यतित् गरिरहेका छन् । 

सोही पेन्टिंगलाई उनले अनलाइन प्रदर्शनीमा राखेका छन् । “नेपालमा पहिलो पटक आयोजना हुन लागेको यस अनलाइन कला प्रदर्शनी एकदमै राम्रो छ । इमिडियट रेस्पोन्स र धेरैमा पुग्ने भएकोले ग्यालरीमा हुने प्रदर्शनीभन्दा यो अझै उपल्बधीमुलक हुन्छ भन्ने कुरामा कुनै दुइमत नै छैन ।”

आयोजक गुरुङले यो पहिलो प्रयासले दर्शक र कलाकारको राम्रो साथ र प्रतिक्रिया पाएमा आगामी दिनमा पनि अनलाइन प्रदर्शनी जारी राख्ने सोच बनाएका छन् । यो पटकको नेशनल आर्ट प्रदर्शनीपछि इन्टरनेशनल अनलाइन कला प्रदर्शनी गर्ने सोचेका छन् ।

“नेपाली ललितकलाको बजार सिमित हुँदा अपुक त छ नै साथै अहिले आफ्नो कला बिक्री नभएर थप पीडित छन् । त्यसैले कलाकारले केही मात्रामा भए पनि राहत पाओस र निराश हुन नपरोस् भनेर यस अनलाइन प्रदर्शनी गरिएको हो”, उनले थपे । प्रदर्शनीमा बिक्रीबाट आएको रकम मध्ये ९० प्रतिशत कलाकारलाई र बाँकी १० प्रतिशत सामाजिक कार्यमा खर्चिने योजना भएको गुरुङले बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, जेठ १०, २०७७  १२:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro