site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
म नेपाली चलचित्रको विराेधी होइन : निखिल
SkywellSkywell

आजकाल नायक निखिल उप्रेती नेपाली चलचित्रको खुलेरै आलोचना गर्छन् । यो भएन, त्यो भएन । यसो हुनु पर्थ्यो तर अर्कै भइरहेको छ, आदि आदि । रचनात्मक आलोचना गर्न उनी हिचकिचाउँदैनन् पनि । कारण अन्ततः रचनात्मक आलोचनाले चलचित्र क्षेत्रलाई नै फाइदा गर्ने हो, उनी तर्क गर्छन् । तर, सम्बन्धित पक्षले त्यसलाई सकारात्मक रूपमा लिएर मनन् गर्नुपर्‍यो न कि तुष पालेर बस्‍ने ।

“मेरो कुरा सुन्दा कतिलाई लाग्ला म नेपाली चलचित्रको विरोधी हुँ । तर, साँच्चै भन्ने हो भने म नेपाली चलचित्र प्रेमी हुँ । अरूले जे सुकै भनुन् त्यो अर्कै कुरा हो । होला मैले भनेजस्ता चलचित्र खेलिन होला । मिथुन मार्काका चलचित्र खेलेँ होला त्यो त्यतिबेलाको कुरा भयो,” निखिल स्पष्ट पार्छन्, “मलाई मेरो देशजति प्यारो लाग्छ, त्यति नै नेपाली चलचित्र पनि प्यारो लाग्छ ।”

उनी विरोधी कुरा गरेर आफूलाई विद्वान् देखाउन पनि नचाहेको र कसैको कुरा काट्नु पनि नरहेको स्पष्ट पार्छन् । नेपाली चलचित्र क्षेत्रको राम्रैका लागि आफूले मनमा लागेको कुरा बताउने गरेको निखिल स्पष्ट पार्छन् ।

KFC Island Ad
NIC Asia

उनी नेपाली चलचित्रको अवस्थाको समीक्षा वस्तुनिष्ट भएर गर्नुपर्ने बताउँछन् । कोरोनाको कहरसँगै अब नेपाली चलचित्रको ओभरसिज मार्केट ध्वस्त भयो भनेर चलचित्रकर्मीहरू चिन्तित रहेका बेला निखिल अहिले भनिए जस्तो चलचित्रको बजार नरहेको भन्न हिचकिचाउँदैनन् ।

“कुनै समय विदेशमा नेपाली चलचित्रको बजार थियो । तर त्यो अहिले छैन । नेपाली चलचित्र जहाँ लाग्थे । ती कतै रेस्टुरेन्टमा लाग्थे । कतै दबेर लाग्थे । कतै अनुमति नलिई लुकिछिपी देखाइन्थ्यो । नेपालीहरू रहेको ठाउँमा देखाइन्थ्यो । तर, इज्जत साथ लाग्दैन थिए,” निखिल भन्छन्, “यसरी गरिएको काम आज नभए भोलि खतम हुनु नै थियो । भोलि खतम हुने चिज आज खतम भयो त्यति मात्रै हो । कोरोना अगाडि नै नेपाली चलचित्रको विदेशको बजार झेरर सतहमै पुगिसकको सच्चाइ भन्न डराउनु पर्दैन ।”

Royal Enfield Island Ad

अधिकांश चलचित्र घाटामा छन् । तर, निर्माताहरू भन्छन्, लगानी उठ्यो । हाँसेरै भन्छन्, करोडकरोड कमाएको । भित्री पाटो कमैलाई जानकारी हुन्छ । यथार्थमा चलचित्र घाटामा हुन्छ ।

तर, पनि निर्माता हाँसेरै नाफाको कुरा गर्छन् । “मनभरि पीडा बोकेर अनुहारमा नक्कली मुस्कान देखाएर पत्रकार सामु चलचित्रले करोड कमायो भन्नु एक हिसाबले त राम्रै होला तर अन्ततः यो समग्र चलचित्र उद्योगका लागि घाटा नै हो,” निखिल भन्छन्, “यथार्थमा मनभित्र पीडा लुकाउँदा निर्माता आफू मात्रै पीडित भएन चलचित्र क्षेत्र नै पीडित भयो ।”

निर्माताको कुरा पत्याएर त्यही अनुसार काम गर्दा चलचित्रमा थप मिहिनेत र फरकपन भित्र्याउनेतर्फ कमैको ध्यान गएको उनी बताउँछन् । त्यसैले जे हो त्यो नै सबैसामु राख्‍न हिचकिचाउन नहुने उनी बताउँछन् ।

विश्वका चलचित्र दिनदिनै राम्रा बन्दैछन् । हलले आफैं माग्छन् । व्यावसायिक रूपमा प्रदर्शन हुन्छन् । तर, नेपाली चलचित्र गुमराहमै रहेर अगाडि बढ्दा प्रतिस्पर्धामा उत्रिन नसकेको निखिल बताउँछन् । 

“नेपाली चलचित्र झुट र भ्रममै अल्झिएको छ । म आफैंलाई अचम्म लाग्छ । नेपालमा कालो पोथी चलचित्र बन्यो । यसको यहाँ राम्रो चर्चा पनि भयो । अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलहरूमा अवार्ड पनि जित्यो,” निखिल भन्छन्, “म यथार्थ जे हो त्यही भनिरहको छु, कसैलाई आरोप लगाइरहेको छुइँन । आफैं अध्ययन पनि गर्न सकिन्छ । अवार्ड हाम्रो मात्रै होइन उनीहरूको पनि गलत रहेछ । किन भने कालो पोथी हिन्दी चलचित्र तहानसँग मिल्छ । तहानमा गधा छ कालोपोथीमा तहानको गधाको ठाउँमा पोथी छ । कति सट पनि हुबहु मिल्छ ।”

अझ धेरै त आश्चर्य निखिललाई त्यतिबेला लाग्छ जुन चलचित्रले पहिला अवार्ड पाइसकेको थियो । त्यही आइडियामा हुबहु नक्कल गरेर बनेका चलचित्रले फेरि तिनै इन्टरनेसनल अवार्ड जित्छ । त्यस्ता चलचित्रले नेपाली चलचित्रको पहिचान विश्व बजारमा गराउँछ ? उनी प्रश्न गर्छन् ।

उनको निष्कर्ष : मौलिक भनेर बनेका चलचित्र जो अन्तर्राष्ट्रिय बजारमा स्विकारियो ती चलचित्र नै अरू कुनै चलचित्र उद्योगको आइडियाबाट बनेका कारण त्यसैलाई कोशेढुङ्गा मानेर हिँड्दा फड्को मार्न नसकिने बरु भ्रममा रमाइरहनाले झन् पछि परिन्छ । 

“नेपाली चलचित्र मानसिक रोगबाट ग्रस्त छ । आफ्नै मौलिक पनका चलचित्र बनेका छैनन् । केही समय अगाडि बलिउडको हुबहु कपि भयो”, उनी भन्छन्, “अहिले अलि पर हलिउड र कोरियन चलचित्रको नक्कल हुँदैछ । कोरियन चलचित्रमा ढाका टोपी र स्टकोट लगाउँदैमा नेपाली चलचित्र कहाँ हुन्छ र ?”

निखिल अब कलिउडलाई अगाडि बढाउने हो भने साँच्चै नेपाली चलचित्रलाई आफ्नै मौलिकपन दिएर अगाडि बढ्नुको विकल्प नरहेको बताउँछन् ।

कोरोनाको कहरसँगै हलमा जाने वातावरण बन्द भएपछि विश्वभरका चलचित्र डिजिटल प्लेटफर्मतर्फ आकर्षित भए । मेकरहरूको ध्यान वेब सिरिजतर्फ खिचिएको छ । नेटफ्लिक्स, अमेजन प्राइम र ओटीटीमा गुणस्तरीय सामग्री आइरहेका छन् ।

निखिल अब नेपाली मेकरको ध्यान पनि यसतर्फ जाने तर इनिसियल विजनेसको फाइदा उठाउने नाममा गुणस्तरहीन वेबसिरिज आउने र बन्दै नबनी वेब सिरिजको बजार बिग्रिन्छ कि भन्ने डरमा छन् । 

यदि यसो भने डिजिटल प्लेटफर्मको बजार पनि सुरुमै चलचित्रको ओभरसिज मार्केट जस्तै ध्वस्त होला कि भन्ने उनलाई चिन्ता छ । त्यसैले निखिल भन्छन्, “इनिसियल मार्केटको फाइदा उठाउने दाउ नहेरौं । इज्जत दिने पिक्चर बनाउँ ताकी हाम्रा पिक्चरले हाम्रो कलासंस्कृति विश्वभर फैलाओस् । नेपालीको पहिचानको माध्यम बनोस् ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ ६, २०७७  ११:५९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro