site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पूर्वसचिव उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश

काठमाडौं । जिल्ला अदालत काठमाडौंले पूर्वसचिव भीम उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश दिएको छ । 

उनीविरुद्ध दायर साइबर क्राइमसम्बन्धी मुद्दामा सोमबार थुनछेक बहसपछि अदालतले यस्तो आदेश गरेको स्रेस्तेदार आनन्द श्रेष्ठले बताए । 

न्यायाधीश भरतमणी खनालको इजलाशले थुनछेक बहसपछि उपाध्यायलाई २५ हजार धरौटीमा छाड्न आदेश गरेको हो । 

गत बुधबार पक्राउ परेका उपाध्यायलाई यसअघि न्यायाधीश ब्रजेश प्याकुरेलको इजलाशले ३ दिन हिरासतमा राख्‍न अनुमति दिएको थियो ।

प्रधानमन्त्रीलगायत अन्य संस्थाविरुद्ध गाली गरेको आरोपमा पक्राउ परेका पूर्वसचिव भीम उपाध्यायविरुद्ध साइबर अपराधमा मुद्दा चलाइएको थियो । उपाध्यायविरुद्ध आइतबार विद्युतीय कारोबार ऐन अन्तर्गत मुद्दा दायर गरिएको थियो । यस मुद्दामा दोषी ठहरिए पाँच वर्षसम्म कैद सजाय हुने कानुनी प्रावधान छ । 

अदालतको आदेशपछि उपाध्याय २५ हजार धरौटी बुझाएमा प्रहरी हिरासतबाट आजै रिहा हुने भएका छन् । 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १५, २०७७  १५:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro