site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पाँच महिनापछि सागको पुरस्कार रकम खेलाडीले पाउँदै 

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद प्रतियागिता (साग) को पुरस्कार रकम मध्ये पाँच करोड खेलाडीहरुको खातामा पुगिसकेको राष्ट्रिय खेलकुद परिषद्‍का सदस्यसचिव रमेशकुमार सिलवालले बताएका छन् ।

उनले खेलकुद मन्त्रालयले ३० गतेसम्म पाँच करोड रुपैयाँ खेलाडीको खातामा गएको र आजको बाँकी रकम पढाउने कार्यक्रम रहे तापनि सर्भर डाउन हुँदा खेलाडीको खातामा रकम भोलिसम्ममा पुग्ने बताएका छन् । 

“पाँच करोड रुपैयाँ ३० गेतसम्म खेलाडीको खातामा पुगिसकेको छ । बाँकी रकम मंगलबार पठाउने कुरा भएको थियो । मन्त्रालयको सर्भर डाउन भएर पैसा पठाउने कम हुन सकेन । बुधबारसम्ममा सबै खेलाडीको खातामा पैसा पुग्नेछ,” शिलवालले बह्रखरीसँगको कुराकानीमा भने । 

सागमा व्यक्तिगत स्पर्धाका स्वर्ण पदक विजेतालाई ९ लाख, रजत जित्नेलाई ६ लाख र कास्य जित्नेलाई ३ लाख रुपैयाँ दिने घोषणा गरेको थियो । एकभन्दा बढी स्वर्ण जित्ने खेलाडीलाई ११ लाखका दरले पुरस्कार रकम दिने सरकारको घोषणा गरेको थियो ।

त्यस्तै टिम इभेन्ट्का स्वर्णधारी खेलाडीले ६ लाख पाउने भएका छन् । यस्तै, रजतले ४ र कास्य जित्नेले २ लाख रुपैयाँ पाउने भएका छन् । नेपालले १३ औं सागमा ५१ स्वर्ण, ६० रजत र ९५ कास्य पदक गरि कुल २०६ पदक जितेको थियो ।

सागमा पदक जित्ने खेलाडीहरुको सख्या ४९१ रहेको छ । १३७ जना प्रशिक्षक रहेका छन् ।
 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, वैशाख २, २०७७  १७:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कानुन कार्यान्वयनमा दृढता आवश्यक
कानुन कार्यान्वयनमा दृढता आवश्यक
Hamro patroHamro patro