site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
संसद्‌मै रास्वपाले सरकारी जग्गा कांग्रेस नेताले भोगचलन गरेको भनेपछि...

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारको नाममा रहेको जग्गा नेपाली कांग्रेसको नेताले भोगचलन गरेको आरोप लगाएपछि संसद्‌मा विरोध भएको छ ।

आज प्रतिनिधिसभाको बैठकको शून्य समयमा रास्वपाका सांसद शिशिर खनाल र सुमना श्रेष्ठले नेवारी समुदायको चिहानको जग्गा कांग्रेसका नेताले भोगचलन गरेको स्थानीयको गुनासो रहेको बताएका थिए । जसलाई लिएर कांग्रेसका सांसदहरूले विरोध जनाएपछि केहीबेर संसद् अवरुद्ध भएको थियो ।

रास्वपा सांसद खनालले काठमाडौं क्षेत्र नम्बर ६ मा पर्ने तारकेश्वर वडा नम्बर ९ को लोकतान्त्रिक चोकमा रहेको नेवारी समुदायको चिहान कांग्रेस नेताले कब्जा गरेको स्थानीय गुनासो रहेको बताएका थिए ।

“...नेपाल सरकारको नाममा रहेको नेवार समुदायको चिहान रहेको जग्गा कित्ता नम्बर ६२ र ६३ नेपाली कांग्रेस नेताले कब्जामा लिइ भोगचलन गर्दै आइरहेको र स्थानीयवासीको गुनासो र उजुरीका बाबजुद स्थानीय सरकारले कुनै पहल नगरेको आमगुनासो छ,” उनले भने ।

त्यस्तै, तारकेश्वर–१० मा सरकारी जग्गाबाट प्लटिङ गरेको जग्गामा बाटो लगेको भन्दै स्थानीय जनताले विरोध गरेको उनले बताए । तर, नजिकै रहेको वडाले कुनै तदारुकता नदेखाएको उनको भनाइ छ ।

खनालले आफ्नो धारणा राखिसकेपछि सभामुखले नेकपा (एकीकृत समाजवादी)का सांसद शेरबहादुर कुँवरलाई बोल्न समय दिएका थिए । तर, कांग्रेसका सांसद राजेन्द्र बजगाईंले आपत्ति जनाउँदै समय मागे । तर, सभामुखले कुनै नेतालाई नतोकेको भन्दै सोझै प्रतिवाद नगर्न आग्रह गरे र बैठक अघि बढाए ।

NC-Protest-(1)-1741764496.jpg
आजकै बैठकमा रास्वपाकै सांसद सुमना श्रेष्ठले पनि सोही विषय उठाइन् । उनले पनि कांग्रेसका नेताले सरकारको नाममा रहेको जग्गाको भोगचलन गरेको गुनासो स्थानीयको रहेको बताएकी थिइन् ।

श्रेष्ठले धारणा राखिसकेपछि कांग्रेसका सांसदहरूले उठेर समय माग गरे । सचेतक सुशिला थिङ, सांसदहरू राजेन्द्र कुमार केसी, राजेन्द्र बजगाईंलगायतले उठेर विरोध गरे । उनीहरूले पार्टीलाई लाञ्छना नलगाउन भन्दै आपत्ति जनाएका थिए । उनीहरू उठेपछि सदनको कारबाही अवरुद्ध भएको थियो । 

त्यसपछि सभामुखले आसनग्रहण गर्न आग्रह गरे । उनले सार्वजनिक ढंगबाट विचार राख्दा सांसद स्वयं जिम्मेवार हुनुपर्ने बताए ।

“यहाँ वादविवाद गरेर यो विषयमा जाने होइन । प्रक्रियासंगत ढंगबाट कसरी लानुपर्छ भन्नेमा जानुपर्छ । बोल्ने माननीयहरूले आफू उत्तरदायी र प्रमाणित हुने गरी बोल्नुपर्छ,” उनले भने ।

NC-Protest-(2)-1741764496.jpg
उनले आफूले समय पाउँदामात्रै बोल्न पनि सांसदलाई आग्रह गरे । कांग्रेस सांसदहरूले 'कुन नेताले गरे' भन्दै नाम तोक्न माग गरे । सभामुखले कुनै नेताको नाम नलिएको भन्दै सदनमा लाञ्छना लगाए बहस नटुंगिने बताए ।

“लाञ्छना हो कि होइन भन्ने पक्ष विपक्ष भएर बोलेर टुंगिँदैन,” उनले भने । 

सभामुखले आसनग्रहण गर्न आग्रह गरेपछि कांग्रेस सांसदहरू बसेका थिए । त्यसपछि बैठकको कारबाही अघि बढ्यो ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro