site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
रौतहटका कोरोना संक्रमित युवा भारतबाट आएको पुष्टि

जनकपुर । कोरोना भाइरस संक्रमित पुष्टि भएका युवक दुई साताअघि भारतबाट मध्यरात चोरबाटोबाट नेपाल प्रवेश गरेको बुझिएको छ । 

रौतहटको इशनाथ नगरपालिका ५ मोतिपुर घर भएका मुस्लिम समुदायका १९ वर्षीय ती युवक दुई साताअघिसम्म दिल्लीस्थित एक कारखानामा काम गर्थे । चैत १७ गतेदेखि इशनाथ नगरपालिकाकै औरैया टोलस्थित जनता माविमा सञ्चालित क्वारेन्टाइनमा रहेका उनको सोमबार संक्रमित पुष्टि भएलगत्तै स्थानीय प्रशासनले ‘ट्राभल हिस्ट्री ट्रेस’ गरेको छ । 

अनुसन्धानको क्रममा ती युवक चैत १६ गते मध्यराति चोरबाटो नेपाल पसेको देखिन आएको रौतहटका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले जानकारी दिए । 

घिमिरेका अनुसार दिल्लीबाट चारजनाको समूहमा रहेका ती युवक चैत १४ गते बिहान मालबाहक ट्रक चढेर १६ गते बिहान बिहारको मोतिहारी आइपुगेको देखिन्छ । 

बिहारको पूर्वी चम्पारण जिल्लामा रहेको मोतिहारी नेपाल–भारत सीमादेखि करिब ४० किलोमिटर दूरीमा पर्छ । त्यहाँबाट पैदलै हिँडेका उनीहरू सोही दिन मध्यराति खेतैखेत हँुदै सीमा सुरक्षामा खटेका दुवै मुलुकका प्रहरीको आँखा छलेर नेपाल प्रवेश गरेका हुन् । मुलुक लकडाउनका बेला बाहिरबाट केही युवक टोलमा आएको खबर पाउनासाथ स्थानीय प्रशासनले १७ गते बिहानै उनीहरूलाई औरैयामा रहेको जनता मावि क्वारेन्टाइनमा राखियो ।

प्रशासनले ती युवकसँगै भारतबाट आउने सोही वडाका उमाकान्त साह, मोहमद इकलाख र वडा ६ का शिवनाथ महतोलाई पनि क्वारेन्टाइनमा राखेको छ । लगत्तै उनीहरूको थ्रोट स्वाब परीक्षणको लागि हेटौंडा पठाएकामा एकजनाको रिपोर्ट पोजेटिभ देखिएपछि गत चैत २८ गते पुनः जाँचका लागि टेकु अस्पताल पठाइयो । र, सोमबार त्यहाँको रिपोर्ट पनि पोजेटिभ देखिएको प्रदेश २ प्रहरी कार्यालयले जनाएको छ । अहिले उक्त क्वारेन्टाइनमा २८ जना बसिरहेको प्रदेश प्रहरी कार्यालयको भनाइ छ ।

यसबीच संक्रमित युवकलाई वीरगन्जस्थित आइसोलेसनमा भर्ना गर्ने र उनको परिवारका सबै सदस्यलाई क्वारेन्टाइन गर्ने काम भइरहेको जिल्ला प्रशासन कार्यालय, रौतहटले जनाएको छ । ती युवकको परिवारमा आमा, बाबु, दुई भाइ, एक बहिनी र पत्नी छन् । तर, पत्नी अर्कै गाउँमा रहेको माइतीमै बसिरहेकी छिन् । 

यता, गाउँमा रहेको क्वारेन्टाइनमा कोरोना संक्रमित रहेको खबर गाउँमा फैलिएसँगै स्थानीयमा त्रास बढेको छ । प्रहरीले क्वारेन्टाइन क्षेत्रलाई कडा सुरक्षाको घेरामा राखेको छ । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, वैशाख १, २०७७  १८:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro