site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
वीरगन्जमा फागुनदेखि नै थिए कोरोना संक्रमित भारतीय, मस्जिद क्षेत्रलाई सिल गरिँदै 

जनकपुर । विरगंजको छपकैयास्थित मस्जिदमा केही हप्तादेखि आश्रय लिइरहेका तीन जना जमातिमा कोरोना संक्रमण भएको पुष्टि भएपछि उक्त क्षेत्रलाई सिल गर्ने तयारीमा स्थानीय प्रशासन जुटेको छ ।

विरगंजको छपकैयास्थित उक्त मस्जिदमा फागुनदेखि नै बस्दै आएका उनीहरुको स्वाब जाँचका लागि नारायणी अस्पतालले हेटौंडा पठाएको थियो । त्यहाँको रिपोर्टले संक्रमित देखिएपछि थप पुस्टिको लागि काठमाडौंस्थित टेकु अस्पताल पठाइएकोमा आइतबार त्यहीँबाट पनि पुष्टि भएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु कार्कीले जनाए । 

हेटौंडा अस्पतालले ३३ जनाको स्वाब जाँच गर्दा तीन जनाको रिपोर्टमा संक्रमण पुष्टि भएको हो । उक्त रिपोर्ट सार्वजनिक भएलगत्तै उनीहरु बस्ने मस्जिदका २६ जनालाई तत्काल नजिकै रहेको सिदार्थ माविमा सञ्चालित क्वारेन्टाइनमा राखिएको छ भने मस्जिद क्षेत्रलाई सिल गर्न लागिएको प्रजिअ कार्कीले बताए ।
फाइल तस्बिर 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, चैत ३०, २०७६  १३:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro