site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मुख्य दलको ध्यान भरतपुरमा, बिहीबार शीर्ष नेताको सम्बोधन
SkywellSkywell

भरतपुर (चितवन) । ३४ जिल्लाका २८३ स्थानीय तहमा निर्वाचनको सरगर्मी बढे पनि चर्चामा चितवनको भरतपुर चर्चामा छ । प्रधानमन्त्री पुष्पकमल दाहालपुत्री रेणु दाहाल चुनावी मैदानमा उत्रिएको र कांग्रेसले एमाओवादी केन्द्रलाई सघाउने गरि चुनावी तालमेल भएकाले पनि भरतपुर चर्चामा रहेको हो ।  

चुनावी अभियानअन्तर्गतको अन्तिम सभाको लागि तीनै शीर्ष नेता चितवन आउने भएका छन् । अन्तिम समयमा मतदातालाई प्रभाव पार्न उनीहरू चितवन आउन लागेको बताइएको छ । तीन शीर्ष नेता भरतपुर ओर्लने भएपछि कार्यकर्ता उत्साहित देखिएका छन् भने घरदैलोलगायतका प्रचार–प्रसारलाई तीव्रता दिएका छन् ।

एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे चौबिसकोठीमा सम्बोधन गर्ने भनेर प्रचार गरिरहेको छ भने माओवादी केन्द्रले पनि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष पुष्पकमल दाहाल र कांग्रेसले पार्टी सभापति  शेरबहादुर देउवा चितवन आउने भनेर माइकिङ गरिरहेको छ । चितवनमा माके र कांग्रेसबीच तालमेल छ । र, दुवै पार्टीले संयुक्तसभा गर्नेछन् ।

KFC Island Ad
NIC Asia

घरघरमा झन्डा, चोकचोकमा सभा   
२९  वडा रहेको चितवनमा १ लाख ६८ हजार बढी मतदाता छन् । चितवनका घरैपिच्छे दलका झन्डा फहराइएका छन् । दक्षिणी चितवनका मेघौली, माडी, पटिहानी, गंगानगर तथा ढड्डाघारीलगायतका गाउँमा झन्डा नभएका घर भेट्न मुस्किल छ । घरहरूमा प्रायः कांग्रेस, एमाले, माओवादी केन्द्र, राप्रपालगायत दलका झन्डा देख्न पाइन्छ । त्यस्तै मोहन वैद्यको देशभक्त जनतान्त्रिक मोर्चाले पनि भरतपुरमा उमेदवारी दिएको छ । र, मेयर पदमा अम्बिका मुडभरी उठेकी छन् । उनी ०६४ सालमा चितवन क्षेत्र नम्बर पाँचबाट उठेकी थिइन् ।

पछि पार्टीले अमिक शेरचनलाई सघाउने निष्कर्षमा पुगेपछि उनले उमेदवारी फिर्ता लिएकी थिइन् । तथापि उनको ४२ सय मत आएको थियो । चितवनको पाँच वटा तहमा मोर्चाले उमेदवारी दिएको उनको भनाइ थियो । पदका लागि जोसँग पनि तालमेल गर्नेहरूको भन्डाफोर गर्न पनि मोर्चा सशक्त रूपमा मैदानमा खडा भएको उनको भनाइ थियो ।
त्यस्तै उमेदवारहरू समय अभावले जनताका घर–दैलोमा पुग्न सकिराखेका छैनन् । र, उनीहरूले चोकमा कोणसभा गरेर आफ्ना प्रतिवद्धता बताइरहेका छन् ।

Royal Enfield Island Ad

“भरतपुर महानगर ठूलो भएकाले हामीले घर दैलो गरेर जनताको आँगनमै पुग्न सकेनौँ । चोकमा कोणसभा गरेर मत मागिरहेका छौँ,” माओवादी केन्द्रका तर्फबाट १० नम्बर वडाध्यक्षका उमेदवार बनेका तीर्थराज घिमिरेले जानकारी दिए, “मतदाताले यो बाध्यता बुझेका छन् ।”

माकेले भरतपुरको पटिहानीलगायत थारू बाहुल्यता भएको क्षेत्रमा घरदैलोलाई जोड दिएको छ । भरतपुर– २२ गीतानगरमा कांग्रेसको प्रभाव देखिन्छ । त्यहाँ घरैपिच्छे कांग्रेसका झन्डा फहराइएका छन् ।

मतदातामा अन्योल
प्रभाव क्षेत्रमा पार्टीले एक्कासी तालमेल गरेपछि कांग्रेस कार्यकर्ता अन्योलमा परेका छन् । “हिजोसम्म बैचारिक मतभिन्नता रहेको बताउने पार्टीका नेताहरू अहिले त्यही पार्टीलाई भोट हाल्न उर्दी लगाइरहेका छन्,” भरतपुर– ११ का शंकर लामिछानेले आक्रोश पोखे, “नेताहरू जनतालाई भोट बैंक नै पो ठान्दा रहेछन् । उनीहरूले जता भन्यो त्यतै हाल्ने कि विवेक प्रयोग गर्ने भन्ने द्विविधामा छौँ हामी ।” उनले कांग्रेस बलियो भएको ठाउँमा माओवादीलाई जिताउनुपर्ने कस्तो बाध्यता आइलागेको हो भन्दै आश्चर्यता व्यक्त गरे ।

 
    

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख २७, २०७४  १८:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro