site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चैती छठ सार्वजनिक रुपमा नमनाउन प्रशासनको आग्रह 

जनकपुर । पछिल्लो केही वर्षयता प्रसिद्धि पाउँदै आएको चैती छठ पर्व यस वर्ष सार्वजनिक स्थानमा नमनाउन स्थानी प्रशासनले सम्बद्ध श्रद्धालुलाई आग्रह गरेको छ ।

कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न मुलुक नै लकडाउन भइरहेको अवस्थामा स्वास्थ्य चुनौतीलाई ध्यानमा राखेर यस वर्ष पोखरी वा तलाउमा सार्वजनिक रुपले भिडभाड हुनेगरी छठ नमनाउन जिल्ला प्रहरी कार्यालयले आग्रह गर्दै सूचना जारी गरेको हो । 

छठ पर्वप्रति श्रद्धालुमा रहेको आस्थालाई कायम राख्न घरभित्रै व्यक्तिगत रुपमा पर्व मनाउन सकिने भएपनि सार्वजनिक स्थानमा निस्केर लकडाउनको अवज्ञा नगर्न सूचनामार्फत आग्रह गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयले यो सूचनाबाट श्रद्धालुको आस्थामा कुनै नकारात्मक असर नपरोस् भन्दै क्षमायाचना पनि गरेको छ । 

यस वर्ष सोमबार अस्ताउँदो सूर्यलाई तथा मंगलबार उदाउँदो सूर्यलाई  अर्घ दिने तिथि छ । आइतबार खरना र गत शनिबार नहायखाय भएको थियो । 
 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: सोमबार, चैत १७, २०७६  ०९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro