site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
माग घटेपछि भरियो निगमको भण्डारण, लकडाउन खुलेपछि इन्धन अभाव नहुने
Sarbottam CementSarbottam Cement

काठमाडौं । सरकारले देशभर ‘लकडाउन’ घोषणा गरेपछि पेट्रोलियम पदार्थको माग निकै घटेको छ । सीमित सवारी चल्दा र सिमित संख्या पेट्रोल पम्प खुल्दा इन्धनको खपत केही हजार लिटरमा सीमित भएको हो ।

अहिले सडकमा फाट्टफुट्ट सवारी देखिन्छन् । राजधानीको कुरा गर्दा दैनिक ६ लाख लिटर पेट्रोल बिक्री हुने गरेकोमा बिहीबार ३ हजार लिटर र साढे ८ लाख लिटर डिजेल बिक्री हुने गरेकोमा जम्मा ४२ हजार लिटर बिक्री भएको छ ।

यसको सकारात्मक प्रभाव निगमको भण्डारणमा देखिन्छ । थानकोट डिपोमा बिहीबार २ लाख ६० हजार लिटर आइपुगेकोमा बिक्री हुन नसकेर भण्डारण गरियो । यो सँगै बागमती प्रादेशिक कार्यालय अर्थात् थानकोट डिपो पेट्रोल क्षमताको ८६ प्रतिशत अर्थात् ४५ लाख ६९ हजार लिटर भरिएको छ । भण्डारणमा क्षमताको ७५ प्रतिशत अर्थात् ६३ लाख २५ हजार लिटर डिजेल भरिएको छ । डिपोसँग भण्डारण क्षमताको ६८ प्रतिशत अर्थात् ५ लाख १५ हजार लिटर मट्टितेल छ भने क्षमताको ९२ प्रतिशत हवाई इन्धन छ ।

Prabhu Bank
Agni Group
NIC Asia

थानकोट डिपो त प्रतिनिधि मात्र हो । अमलेखगन्जको भण्डारण कक्षमा क्षमताको ८७ प्रतिशत पेट्रोल र ९७ प्रतिशत डिजेल भरिएको छ । सो भण्डारण कक्षमा २ करोड लिटरभन्दा बढी डिजेल राख्ने क्षमता छ भने करिब २० लाख लिटर पेट्रोल भण्डारण गर्न सकिन्छ ।

Global Ime bank

निगमसँग देशभर कुल १० स्थानमा ८६ लाख ३२ हजार लिटर पेट्रोल भण्डारण गर्न सक्ने क्षमता छ । जसको ८३ प्रतिशत अर्थात् ७१ लाख ४७ हजार लिटर भरिएको छ । डिजेल पनि १० स्थानमा कुल ४ करोड ५५ लाख ३४ हजार लिटर भण्डारण हुन्छ । त्यसमध्ये ८९ प्रतिशत अर्थात् ४ करोड ४ लाख ७२ हजार लिटर तेल निगमको भण्डारणमा छ ।

मट्टितेलको हकमा ५० लाख ६८ हजार लिटर भण्डारण रहेकोमा आधा भरिएको छ । हवाई इन्धन पनि ८० लाख ६५ हजार लिटर भण्डारण क्षमतामध्ये ७२ लाख १२ हजार लिटर निगमसँग मौज्दात छ ।
यसरी कुल ६ करोड ७२ लाख ९९ हजार लिटर इन्धन भण्डारण क्षमता रहेकामा निगमसँग ५ करोड ७४ लाख ५९ हजार लिटर इन्धनको मौज्दात छ ।

तर, सुरक्षित भण्डारणका लागि १० प्रतिशत भण्डारण खाली राख्नुपर्ने हुन्छ । यसअर्थमा सुरक्षित भण्डारण गर्न सक्ने क्षमताको ९५ प्रतिशत भरिएको निगम प्रमुख तथा कार्यकारी निर्देशक सुरेन्द्र पौडेलको भनाइ छ । उनका अनुसार देशभर भण्डारण गर्न मिल्ने क्षमताको ९२ प्रतिशत पेट्रोल, ९९ प्रतिशत डिजेल, ५८ प्रतिशत मट्टितेल र ९९ प्रतिशत हवाइ इन्धन भरिएको छ ।

बाह्रखरीसँग पौडेलले भने, “पछिल्लो समय माग निकै कम छ भने आयात र ढुवानी नरोकिइ निरन्तर जारी छ ।” निगमले पनि नियमित सक्रियाताका साथ लागि परेका कारण सबै डिपो करिब पूर्णरुपमा भरिएको उनले बताए । पौडेलले भण्डारण भरिनुको अर्थ लकडाउन अवधि सकिएपछि इन्धनको कुनै समस्या नहुने संकेत रहेको दाबी गरे । उनले भने, “लकडाउन सकिएपछि कम्तिमा एक साता समस्या हुँदैन ।”

कति प्राप्ति ? कति बिक्री ?
चैत १३ गते अमलेखगन्ज डिपोमा १ लाख ४० हजार लिटर, काठमाडौंमा २ लाख ६० हजार लिटर र भैरहवामा ४० हजार लिटर पेट्रोल प्राप्त भयो । यसैगरी जनकपुरमा ४० हजार लिटर, अमलेखगन्जमा ६९ लाख १७ हजार लिटर, भैरहवामा ४४ हजार र दिपायल डिपोमा ६० हजार लिटर डिजेल प्राप्त भएको छ ।

बिक्रीतर्फ भने अमलेखगन्जबाट ७२ हजार, काठमाडौंबाट ३ हजार तथा भैरहवा डिपोबाट ५२ हजार र पम्पबाट १ हजार लिटर पेट्रोल बिक्री भएको छ । डिजेलतर्फ जनकपुरबाट ९२ हजार, अमलेखगन्जबाट २ लाख ६६ हजार लिटर, काठमाडौंबाट ४२ हजार लिटर तथा भैरहवा डिपोबाट १ लाख ७६ हजार र पम्पबाट १ हजार लिटर बिक्री भएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत १४, २०७६  २०:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !