site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अब ग्यासको पनि भण्डारण हुने, कम्तीमा ८ दिन धान्‍ने भण्डारण कक्ष तयार हुँदै
Sarbottam CementSarbottam Cement

काठमाडौं । राजधानीको ग्यास माग कम्तीमा आठ दिन धान्‍ने भण्डारण कक्ष तयार हुने भएको छ । नेपाल आयल निगमसँग पहिलोपल्ट ग्यासको पनि भण्डारण हुन लागेको हो । यसअघि निगमसँग ग्यास भण्डारण गर्ने क्षमता थिएन । आपूर्ति मन्त्री लेखराज भट्टको अगुवाइमा निगमले यस्तो उपलब्धी हासिल गरेको हो ।

मन्त्री भट्टले ग्यास भण्डारणको अभावले सिर्जना हुनसक्ने असहज परिस्थितिलाई ध्यानमा राख्दै निगमलाई भण्डारण कक्ष उपलब्ध गराउन सहजीकरण गरेका थिए । सो भण्डारण कक्षमा निगमले साढे ८ लाख सिलिन्डरको भण्डारण गर्न सक्नेछ ।

नेपाल आयल निगमले ग्यास उद्योगहरुको भण्डारण कक्ष उपयोग गर्नेछ । वर्तमान अवस्थामा ग्यास उद्योगको भण्डारण अत्याधिक न्यून छ । सरकारको आकस्मिक परिस्थितिजन्य मागलाई धान्नको लागि उद्योगको भण्डारण गृह प्रयोग गर्न लागिएको हो ।

Prabhu Bank
Agni Group
NIC Asia

यो व्यवस्था एक महिना भित्रमा मिलाइने छ । अब निगमले ती भण्डारण गृहमा उद्योगको भण्डारण क्षमताको करिब ५० प्रतिशत प्रयोग गर्नेछ । यसको अर्थ निगमसँग कम्तिमा ३ हजार मेट्रिक टन ग्यास राख्ने भण्डारण हुने निगमका कार्यकारी निर्देशक सुरेन्द्र पौडेलले बताए ।

बाह्रखरीसँग उनले भने, “अब निगमको आफ्नै भण्डारण कक्ष हुनेछ । त्यसमा कम्तिमा ३ हजार मेट्रिक टन ग्यास भण्डारण गर्न सकिन्छ ।” उनका अनुसार यो क्षमता ५ हजार मेट्रिक टनसम्म हुनसक्छ ।

Global Ime bank

पौडेलका अनुसार ३ हजार टनको अर्थ ६ लाख ५० हजार सिलिन्डर हो । २० टन ग्यासबाट १३ सय सिलिन्डर ग्यास तयार हुने हिसाबअनुसार ६ लाख ५० हजार निकालिएको हो । यसका अतिरिक्त निगमले सरकारले प्रत्येक ग्याँस उद्योगलाई आफ्नो उद्योगको २ दिनको सिलिण्डर विक्री बराबरको परिमाण तयारी अवस्थामा राख्न निर्देशन दिएको छ । यसरी तयारी अवस्थामा राखिएको सिलिन्डरको विक्री वितरण ती ग्यास उद्योगले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्देशनअनुसार गर्नुपर्नेछ ।

पौडेलका अनुसार राजधानीमा एक दिनमा १ लाख सिलिन्डर खपत हुन्छ । खपतअनुसार उत्पादन हुने अनुमानअनुसार ती यद्योगले २ दिनमा २ लाख सिलिन्डर तयारी अवस्थामा राख्नेछन् ।
यसको अर्थ निगमसँग भण्डारणको साढे ६ लाख बाहेक थप २ लाख सिलिन्डर ग्यास उपलब्ध हुन्छ । यसले साढे ८ दिनको माग धान्ने निगम प्रमुख पौडेलको तर्क छ ।

उनले भने,“अन्ततः निगमसँग नभएको ग्यास भण्डारणको समस्या हल भएको छ ।” कोरोना भाइरसबाट खल्बलिन सक्ने आपूर्ति प्रणालीको अवस्थालाई ध्यानमा राखेर निगमले मंगलबार साँझ ५ बुँदे निर्देशन दिएको छ । निर्देशनमा एउटा परिवारले एक महिनामा एउटा ग्यास सिलिन्डर पाउने गरी आपूर्ति व्यवस्थापन गर्नुपर्नेलगायत निर्देशन छन् ।

यसबाहेक ग्यास उद्योगीहरुले आफुसँग भएको ग्याँसको सुरुको मौज्दात, भन्सारबाट आयात भएको परिमाण, उद्योगमा स्ट्यान्डवाइ बसेको बुलेटको परिमाण, गोदाममा भरि राखिएको सिलिन्डरको परिमाण र अघिल्लो दिन बिक्री वितरण गरिएको परिमाणसहितको क्लोजिङ्ग स्टक देखिने प्रतिवेदन बिहान १० बजेभित्र जिल्ला प्रशासन कार्यालय तथा निगमको एलपीजी विभागमा पठाउनु पर्नेछ । निगमको निर्देशनमा ग्यास उद्योगले आफ्नो विक्रेताकोमा रहेका सबै खाली सिलिन्डरलाई यथाशीघ्र उद्योगमा केन्द्रिकृत गर्नु पर्ने उल्लेख छ ।

वर्तमान विषम परिस्थितिमा केन्द्रिकृतका लागि निगमले सहजीकरण गर्ने बताइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, चैत ११, २०७६  २३:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !