site stats
बाह्रखरी :: Baahrakhari
विशेष
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
हामी हिरो बन्न क्वारेन्टाइनमा बसेका होइनौं : दीपक वज्राचार्य 
SkywellSkywell

काठमाडौं । गायक दीपक वज्रचार्य आफ्नो ब्यान्ड ‘रिदम’ का ५ सदस्यसहित क्वारेन्टाइनमा बसिरहेका छन् । उनीहरू भैंसेपाटीस्थित होमस्टेमको एक घरमा क्वारेन्टाइनमा बसिरहेका छन् । 

अस्ट्रेलिया टुरबाट बुधबार फर्किएका उनीहरू सरकारको १४ दिन क्वारेन्टाइनमा बस्ने निर्देशन पालना गरेका हुन् । “हामीलाई कोरोना संक्रमति छैन भनेर हामीलाई थाहा छ । तर पनि बाहिरी मुलुकबाट आएको हुँदा हाम्रो आ–आफ्नो परिवार र अरू साथीभाइको स्वास्थ्यको ख्याल राख्दै अनि सरकारको निर्देशन पालन गर्दै हामी विमानस्थलबाट सीधै यता आएका हौंं,” उनले भने । 

KFC Island Ad
NIC Asia

तर उनी आफूसँगै एउटै विमानमा आएका २ सयजना कहाँ छन् त ? उनीहरू क्वारेन्टाइनमा बसिरहेका पनि छन् कि छैनन् भन्नेमा सरकारले कत्ति पनि वास्ता नगरेको गायक वज्राचार्यको गुनासो छ ।

“मैले हामीसँगै आएका २÷३ जनालाई यहाँबाट तपाईंहरू कहाँ जानुहुन्छ भनेर सोध्दा उहाँहरू निर्धक्कले घर जान्छु भन्नुभयो,” उनले सुनाए, “नेपाली विमानस्थलमा कोरोनाको उचित जाँच त छैन–छैन, हरेकदिन भित्रिने हजारौं विदेशी तथा स्वदेशी यात्रु आएर कहाँ जान्छन् भनेर तथ्यांक राख्न आवश्यक थियो ।”

Royal Enfield Island Ad

संक्रमित नभए पनि हरेक व्यक्ति बाहिरी मुलुकबाट आएपछि १४ दिनसम्म क्वारेन्टाइनमा बस्नै पर्ने सरकारले समेत भनिसकेको अवस्था छ । बाहिर जति सतर्कता सरकार, प्रशासन र जनताहरूले अपनाएका छन्, नेपालमा भने लापरबाही भएको उनले बताए ।

“हामी आँउदा हरेकपटक स्यानिटाइजर लगाएर एक–अर्कासँग दूरी राखेर आयौं । तर यता प्लेनबाट ओर्लेर गाडीमा जाँदा भने मान्छेलाई कोची–कोची राखिएको छ,” उनले भने । सरकारले २५ जनाभन्दा बढी मान्छेको जमघट नगर्नु भनेको कुरा लागु नभएको उनको गुनासो थियो ।

अस्ट्रेलियाका विभिन्न सहर सकेर न्युजिल्यान्डमा सांगीतिक टुरका लागि गएका रिदम ब्यान्डले अस्ट्रेलियको ३ सहरमा मात्रै प्रस्तुति दिन भ्याएका हुन् । महामारीकै रूप लिएपछि भने उनीहरू कार्यक्रम स्थगित गर्दै फर्किएका हुन् । 

“हामी हिरो बन्न यसरी क्वारेन्टाइनमा बसेका होइनौं । बरु सरकार तथा सम्बन्धित सबैले यसरी सुरक्षित हुन सावधानी अपनाउनुपर्छ,” उनले भने । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, चैत ७, २०७६  १९:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro