site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एसईई परीक्षार्थीबाट घुस लिने प्रधानाध्यापक पक्राउ

जनकपुर । धनुषाबाट एसईईका परीक्षार्थीसँग दुई हजार रुपैयाँ घुस लिने एक माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले रंगे हात पक्राउ गरेको छ ।

मिथिला नगरपालिका-२, नक्टाझिजस्थित जनता माध्यमिक विद्यालय प्रधानाध्यापक महेन्द्र महतोलाई आयोगको टोलीले बुधबार पक्राउ गरेको हो । बिहीबारदेखि देशभर एसईई परीक्षा सञ्चालन हुँदैछ ।

परीक्षाको सबै तयारी पूरा भइसकेकोबेला निर्धारित समयमा परीक्षा फारम नभरेको भन्दै महतोले केही विद्यार्थीलाई परीक्षाबाट वञ्चित हुनसक्ने डर देखाइरहेका थिए । सोहीक्रममा एक विद्यार्थीले आयोगको बर्दिबासस्थित क्षेत्रीय कार्यालयमा उजुरी गरी प्रअलाई मागे अनुसारको रकम दिएपछि टोलीले महतोलाई पक्राउ गरेको हो । 

समयमा परीक्षा फारम नभरेको हुँदा परीक्षामा भाग नै लिन नपाउने अवस्था रहेको भन्दै प्रअ महतोले पाँच सातहजार रुपैयाँको जोहो गरे मिलाउन सकिने आश्वासन दिएपछि आयोगमा पुगेको ती विद्यार्थीका अभिभावकले जनाएका छन् । 

सुरुमा जति अनुनय गर्दा पनि सम्भव नरहेको बताउने प्रअले दुई हजार पाएपछि प्रवेशपत्र दिने बितिकै टोलीले पक्राउ गरेको आयोगको क्षेत्रीय कार्यालय, बर्दिबासले जनाएको छ । 

घुसमा लिएको रकमसहित पक्राउ परेका प्रअ महतोविरुद्ध भ्रष्टाचार निवारण ऐन अनुसार कारवाही गरी विशेष अदालतमामुद्दादायर गरिने आयोगले जनाएको छ । 


 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: बुधबार, चैत ५, २०७६  १४:१८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro