site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
आत्मभर्त्सना गर्ने प्रवृत्तिबाट जोगिँदै अघि बढ्नुपर्छ : प्रधानमन्त्री
SkywellSkywell

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आत्मभत्र्सना गर्ने प्रवृत्तिबाट जोगिँदै अघि बढ्नुपर्ने बताएका छन् ।

७० औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

यस्तो छ प्रधानमन्त्री ओलीले गरेको सम्बोधनको सम्पादित अंश : 

KFC Island Ad
NIC Asia

सम्माननीय राष्ट्रपतिज्यू,

सम्माननीय उपराष्ट्रपतिज्यू,

Royal Enfield Island Ad

सम्माननीय प्रधानन्यायाधीशज्यू,

सम्माननीय सभामुखज्यू,

सम्माननीय राष्ट्रिय सभाका अध्यक्षज्यू,

माननीय मन्त्रीगण, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीय सदस्यहरु

विदेशी कुटनीतिक नियोगका प्रमुखज्यूहरु,

राष्ट्रसेवक कर्मचारीहरु,

विशिष्ट अतिथिहरु र सम्पूर्ण आदरणीय दिदीवहिनी तथा दाजुभाइहरु । 

– आज नेपाली जनताको एकतावद्ध संघर्षबाट निरङ्कुश जहानियाँ राणा शासनको अन्त्य भएको दिन । २००७ साल फागुन ७ गते आजकै दिनलाई नेपालको इतिहासमा उज्यालो नयाँ युगको आरम्भ बिन्दुका रुपमा स्थापित गरेका थियौं । जनताको बलिदानपूर्ण संघर्षबाट इतिहासमा अङ्कित यस गौरवमय दिनको सम्झना र सम्मानमा हामी आज यहाँ उपस्थित भएका छौं । हरेक वर्ष फागुन ७ गतेलाई हामीले प्रजातन्त्र दिवसका रुपमा मनाउँदै आएका छौं । आज हामी ७० औं प्रजातन्त्र दिवस मनाइरहेका छौं । प्रजातन्त्र प्राप्तिको लामो र वलिदानपूर्ण संघर्षमा आफूलाई समर्पित गर्नुहुने सम्पूर्ण आदरणीय ज्ञात–अज्ञात शहीदहरुप्रति हार्दिक श्रद्धाञ्जलि अर्पण गर्दछु । जनताको बलिदानीद्वारा शासन प्रणालीको पात्रो बदलिएको यस ऐतिहासिक दिनका अवसरमा म देशभित्र र बाहिर रहनु भएका सम्पूर्ण नेपाली दिदीवहिनी तथा दाजुभाइहरुमा प्रजातन्त्र दिवसको हार्दिक शुभकामना व्यक्त गर्दछु । 

–समाज, राजनीति र शासनप्रणालीमा जहानियाँ निरङ्कुशता एवं बर्बरताबाट मुक्ति पाएको र लामो अन्धकार चिरेर प्रकाशमय सुन्दर बिहानी प्राप्त भएको बिन्दुका रुपमा हामी यस दिनलाई स्मरण गर्दछौं । आज हामी मुलुकलाई गरिवीबाट सम्पन्नतातिर, अविकासबाट विकासतिर, अब्यवस्थाबाट सुब्यवस्थातिर अगाडि बढाइरहेका छौं । राष्ट्रको आजको यस अभियानलाई अनुप्राणित गर्ने लक्ष्यको बिजारोपण आजभन्दा ७० वर्षअघि आजकै दिन, अर्थात् फागुन ७ गते भएको थियो । त्यसैले औपचारिकता निर्वाहबाट माथि उठेर यस दिनको गरिमालाई आत्मसात गर्न म दिदीबहिनी दाजुभाइहरुमा हार्दिक आह्वान गर्दछु । यसले इतिहासप्रतिको गौरव, वर्तमानप्रतिको क्रियाशील जिम्मेवारी र भविष्यप्र्रतिको उत्तरदायित्वलाई सामाजिक भाष्यको रुपमा विकास गर्नेछ । 
आजको दिन, प्रजातान्त्रिक हक–अधिकार स्थापनाका लागि विगतमा भएका अथक र अनवरत् संघर्षमा आफूलाई समाहित गर्ने बीर/बीरङ्गनाहरुको स्मरण गर्ने दिन हो । आजको दिन, नेपालको प्रजातान्त्रिक आन्दोलनको गौरवमय इतिहासको सम्झना गर्ने दिन पनि हो । आजको दिन, प्रजातन्त्र लोकतन्त्र स्थापनाको हाम्रो संघर्षपूर्ण इतिहासलाई स्मरण गर्दै त्यस संघर्ष मार्फत जनताले चाहेको राष्ट्रको समृद्धि र जनताको सुख प्राप्तिका लागि संकल्प गर्ने दिन पनि हो । 

–संविधान जारी भएपछि आयोजित आम निर्वाचनद्वारा बनेको यस सरकारले भर्खरै आफ्नो कार्यकालको दुईवर्ष पूरा गरेको छ । गत बर्षलाई मैले सरकार सञ्चालनको आधार बर्षको रुपमा चर्चा गरेको थिएँ । त्यस अवधीमा संविधान बमोजिमका संरचना निर्माण, संघीयता कार्यान्वयन, वित्त व्यवस्थापन, कानुन तथा जनशक्ति समायोजन गरेर हामी अगाडि बढेका थियौं । अहिले हामी त्यही आधारभूमिमा टेकेर मुलुकलाई समृद्ध बनाउने दिशामा अग्रसर छौं । यस अवधीमा सुशासन र विकासका काममा नतिजा हासिल हुन थालेका छन् । केही सम्पन्न गरेका छौं, केही निर्माणाधीन छन् र केही अगाडि बढ्दैछन् । राष्ट्रको सम्पन्नताका लागि हामीले पार गर्नु पर्ने बाटो अझै लामो छ, तर हामी यत्रारत छौं । यात्रा थालनीलाई औचित्यहीन र अनावश्यक ठान्ने, तर गन्तब्य आइनपुगेकोमा आत्मभत्र्सना गर्ने प्रवृत्तिबाट जोगिंदै हामी अघि बढ्नु पर्छ । 

–नेपालले द्वन्द्व व्यवस्थापनको सन्दर्भमा मौलिक विधि अपनायो । अहिले द्वन्द्व व्यवस्थापन भई देश आर्थिक तथा समाजिक रुपान्तरणको दिशातर्फ अग्रसर छ । आफ्ना समस्या आफैं हल गर्ने अठोटका साथ थालिएको हाम्रो यस कार्यले आफ्ना समस्या आफैं हल गर्न सक्ने हाम्रो क्षमता प्रदर्शित भएको छ । हामीले अन्तर्राष्ट्रिय जगतमा आफ्नो पहिचान विस्तार गरेका छौं, हामीप्रति विश्वजगतको ध्यानाकर्षण भएको छ, हामी विश्वमञ्चमा देखिन र सुनिन थालेका छौं । यसवाट अन्तर्राष्ट्रिय मञ्चहरुमा अहिले नेपालको प्रतिष्ठा र गरिमा बढेको छ । प्रजातान्त्रिक आन्दोलन मार्फत देशको गरिमा र यश विस्तार गर्ने जनताको चाहना सफलताको दिशामा अग्रसर छ । 

–अहिले हामी विल्कुलै नयाँ राज्यप्रणाली, नयाँ परिपाटी र नयाँ संविधानको अभ्यास गरिरहेका छौं । बदलिएको प्रणालीलाई तीब्र गतिमा हिंडाउनु चुनौतिपूर्ण हुन्छ । एउटा सरकारका ठाउँमा अर्काे सरकार बदलिएजस्तो होइन, एउटा प्रणालीका ठाउँमा बदलिएको अर्काे प्रणालीको अभ्यास हामी गरिरहेका छौं । र, यसैबीच छोटो अवधीमा चिरकालदेखिका जनआकाङ्क्षाको पनि तीब्र सम्बोधन गर्नु पर्ने चुनौति हाम्रासामु छ । हामीले बदलिएको प्रणालीलाई संस्थागत र सुदृढ गर्दै समृद्धितर्फको यात्रा अगाडि बढाइरहंदा कतिपय पक्षबाट आइरहेको असन्तुष्टिमा प्रणालीगत बदलाव, चिरन्तन देखिका जनआकाङ्क्षा र राज्यको संस्थागत सामथ्र्यको आयामलाई केलाउनु पर्ने हुन्छ । लोकतान्त्रिक प्रणालीलाई दशकौंको समय लगाएर सुदृढ गरेका र विकासमा सयौं वर्ष लगानी गरेका मुलुकहरुसँग तुलना गर्ने प्रगति हामीले गर्न सकेका छैनौं । तर, थालनी गरेर अगाडि बढेका छौं र त्यसतर्फको पाइलालाई तीब्रता दिएका छौं । निरङ्कुश जहानियाँ शासनको अँध्यारोबाट प्रजातन्त्रको उज्यालो युगमा प्रवेश गरेको २००७ सालको परिवर्तन बिन्दु जस्तै आजको समय विकास र समृद्धिको प्रवेश बिन्दु हो । यस अर्थमा आजको समय नवीन युगको प्रस्थान बिन्दु हो । 

–निरङ्कुशतन्त्र र अधिनायकवादलाई परास्त गरेर यहाँसम्म आइपुगेपछि हामी अहिले देशबाट गरिबी, वेरोजगारी, अविकास र पछौटेपन अन्त्य गरिरहेका छौं । यस अवस्थावाट मुलुकलाई बाहिर निकाल्न र विकासको नयाँ युगमा प्रवेश गर्न सरकार योजनावद्ध रुपमा क्रियाशील छ । आर्थिक विकास र सामाजिक न्याय सहितको परिपूर्ण लोकतन्त्रलाई जनस्तरसम्म विस्तार एवं सुदृढ गर्ने  दिशामा हामी अग्रसर छौं । हामी सन् २०२२ सम्ममा नेपाललाई अति कम विकसित मुलुकको स्तरबाट स्तरोन्नति गर्ने र सन् २०३० भित्र दीगो विकासका लक्ष्यहरु हासिल गर्ने अभियानमा छौं । यस लक्ष्य प्राप्तिका लागि हामी हाम्रा हरेक क्षण, सम्भावना र सामथ्र्यको सदुपयोग गरिरहेका छौं । यस यात्राबाटै हामी नेपाललाई समृद्ध र नेपालीलाई सुखी बनाउने आकाङ्क्षा पूरा गर्नेछौं । 

–‘समृद्ध नेपाल–सुखी नेपाली’को ध्येयका साथ यतिखेर सरकार आर्थिक एवम् सामाजिक रुपान्तरणका कार्यभार कार्यान्वनमा केन्द्रित छ । समृद्धि प्राप्तिको यस सहयात्रामा हाम्रा मित्रराष्ट्रहरुको समेत साथ रहनेछ भन्ने मैले अपेक्षा गरेको छु । 

–लोकतन्त्र इतिहासप्रति गर्व गर्ने, वर्तमानमा उत्तरदायी हुने र भविष्यप्रति जिम्मेवार हुने सभ्य प्रणाली हो । देशलाई बदल्ने अठोटसाथ अघि बढ्दैगर्दा केही नकारात्मक प्रवृत्तिको अवरोध पनि सहनु परेको छ । तर, दलीय आग्रहले लोकतन्त्रिक प्रणाली र प्रक्रियामा अवरोध सिर्जना हुनु हुँदैन । समाजमा एउटा प्रवृत्तिगत चारित्रिक सहउत्पादन भइरहेको देखिन्छ– विकास–निर्माणमा बाधा हाल्ने, वैदेशिक लगानीकर्ताहरुलाई निरुत्साहित पार्ने,  विकास प्रयासहरमा व्यवधान गर्ने ।  यस्ता प्रयासहरुलाई हामीले कामद्वारा नै पराजित गरिरहेका छौं । 

–हाम्रो राष्ट्र निर्माण, हाम्रो प्रजातन्त्र प्राप्ति, हामीले लोकतन्त्रका लागि लामो समय गरेको संघर्षको इतिहासका परिघटना, जो गौरवपूर्ण छन्, त्यस सम्बन्धी ज्ञानलाई हाम्रो भावी पुस्ताले पनि अध्ययन गर्नु पर्दछ । आफ्नो सभ्यता, संस्कृति र इतिहासको श्रेष्ठता, त्यसका लागि पूर्खाले गरेको योगदानबारे आजको पुस्ताले गहिरो आत्मसात गर्नु पर्दछ । त्यसैले आजको यस दिवसलाई एउटा औपचारिक दिवस मात्रै होइन, यसलाई इतिहास र पूर्खाको गौरवशाली विरासतसँग जोडेर जनस्तरवाट समेत मनाउन सरकारले आव्हान गरेको छ । 

–जन्मसिद्ध श्रेष्ठताको शासन प्रणालीलाई समाप्त पारी नागरिक अधिकार स्थापित गरेको ऐतिहासिक दिनको सम्झनामा आयोजित यस विशेष समारोहमा म पुनः एकपटक नेपालको प्रजातान्त्रिक आन्दोलनमा अमूल्य जीवन बलिदान गर्ने अमर शहीदहरुप्रति हार्दिक श्रद्धासुमन अर्पण गर्दछु । मुलुकको समृद्धि र जनताको सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षा सफल बनाउन एकजूट भई योगदान गर्न दिदीबहिनी तथा दाजुभाइहरुमा म हार्दिक आह्वान गर्दछु । 

धन्यवाद ।
२०७६ फागुन, ७ गते
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, फागुन ७, २०७६  १३:१५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro