site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सीप विकासमा जोडिँदै युवा
Sarbottam CementSarbottam Cement

घोराही । दाङका युवाहरु सीप विकासमा जोडिन थालेका छन् । यो अवसर हस्तकला संघ दाङले जुटाएको हो । घोराहीका विभिन्न वडाबाट ८ युवा  सीप विकास तालिममा सहभागी छन् । घोराही उपमहानगरपालिका र नेपाल ललित कला प्रज्ञा प्रतिष्ठान सहयोगीको भूमिकामा छन् । ती युवाले ढुंगालाई कुँदेर विभिन्न आकृति तयार पार्ने कार्यमा जुटेका हुन्‍ । तालिम एक महिना चल्नेछ ।

प्रज्ञा परिषद् सदस्य एवं हस्तकला विभाग प्रमुख धर्मराज शाक्यले कलालाई व्यवसायमा रुपान्तरण गर्नुपर्ने भन्दै यो तालिमले युवाहरुलाई सिर्जनशील बनाउन सहयोगी बन्ने बताउँछन् । विभिन्न आकृति कुँदेर आयआर्जन गर्न सकिने भन्दै उनले सीपलाई अर्थमा रुपान्तरण गर्नु अहिलेको आवश्यकता भएको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

कार्यक्रममा घोराही उपमहानगरको पर्यटन तथा संस्कृति प्रवर्द्धन शाखा प्रमुख बालकृष्ण खनालले संस्कृतिलाई कलाका रुपमा बिकास गर्दै मौलिकताको संरक्षण र अर्थ संकलनमा समेत टेवा पुग्ने बताए । पर्यटन समिति दाङका सदस्य गोविन्द आचार्य परम्परागत कलालाई नयाँ पुस्तामा सीप हस्तान्तरण गर्नुपर्ने आवश्यकता महसुस भएर यो तालिममा युवाहरुलाई जोडेको बताए ।

युवाहरुलाई अमृत कार्कीले सीप सिकाइरहेका छन् । तालिममा सहभागीलाई पहिलो चरणमा गणेशको मूर्ति बनाउन सिकाउन थालिएको छ ।
 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, माघ २२, २०७६  ११:५२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय