site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
माउन्टेन इनर्जीले ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने
Tiktok banner adTiktok banner ad

काठमाडौं । माउन्टेन इनर्जीले दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने भएको छ । मनाङको दूधखोलास्थित ६५ मेगावाट क्षमताको उक्त आयोजनामा कम्पनीले लगानी गर्न लागेको हो ।

माउन्टेन इनर्जी र सीता हाइड्रो प्रालिबीच लगानीसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सम्झौतापत्रमा माउन्टेन इनर्जीका तर्फबाट सञ्चालक अरुणकुमार केसी र सीता हाइड्रोका अध्यक्ष सीताराम तिमल्सिनाले हस्ताक्षर गरे । उक्त आयोजनालाई विद्युतु विकास विभागले ०७४ जेठमा अध्ययन अनुमतिपत्र जारी गरेको थियो ।

माउन्टेन इनर्जीले निर्माण सम्पन्न गरेका ४२ मेगावाटको मिस्ट्रीखोला हाइड्रो र पाँच मेगावाटको ताँदीखोला हाइड्रो परियोजना हाल सञ्चालनमा छन् । कम्पनीले मिस्ट्रीखोला हाइड्रो प्रतिमेगावाट साढे १३ करोड रुपैयाँ हाराहारीको लागतमा निर्माण सम्पन्न गरेको थियो ।

माउन्टेन इनर्जीले १२ मेगावाट क्षमताको मिस्ट्रीखोला–२ जलविद्युत् आयोजनाको पनि विद्युत् उत्पादन अनुमतिपत्र प्राप्त गरिसकेको छ ।

दूधखोला जलविद्युत् आयोजनामा लगानी गर्ने सम्झौता गरेसँगै अब माउन्टेन इनर्जीले हकप्रद सेयर निष्कासन गर्न सक्ने देखिएको छ ।

चालु आर्थिक वर्ष २०८१÷०८२ को प्रथम त्रैमासमा कम्पनीले ३० करोड ५३ लाख ९३ हजार रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको चुक्ता पूँजी दुई अर्ब २६ करोड ३२ लाख रुपैयाँ छ । कम्पनीको ‘रिटेन अर्निङ’ एक अर्ब ३३ करोड छ ।

यो अवधिमा कम्पनीको वार्षिकीकरण गरिएको प्रतिसेयर आम्दानी ५३.९६ रुपैयाँ हुन आउँछ । कम्पनीको प्रतिसेयर नेटवर्थ १५८.७७ रुपैयाँ छ ।

मिस्ट्रीखोला आयोजना सञ्चालनमा आएको पहिलो वर्ष २०७८÷०७९ मा कम्पनीले १० प्रतिशत लाभांश वितरण गरेको थियो । २०७९÷०८० मा कम्पनीले १५ प्रतिशत बोनस सेयर र ०.७८९५ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १६:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro