site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ईसेवाबाट रेमिट्यान्स पठाएर घर विजेताको घोषणा मंसिर १२ गते

काठमाडौं । ईसेवा मनी ट्रान्सफरको ‘मेरो डिजिटल देश’ अभियानअन्तर्गत काठमाडौंमा घर विजेताको घोषणा यही मंसिर १२ गते गरिने भएको छ । यो घोषणा कार्यक्रम ईसेवा मनी ट्रान्सफर र ईसेवाको आधिकारिक फेसबुक पेजमार्फत प्रत्यक्ष हेर्न सकिने कम्पनीले जनाएको छ ।

ईसेवा मनी ट्रान्सफरले डिजिटल रेमिट्यान्स र सुरक्षित कारोबारलाई प्रोत्साहन गर्ने उद्देश्यले दुई वर्षअघि मेरो डिजिटल देश अभियान सुरु गरेको थियो । यो योजना ०८० असोज १ गते फेरि सुरु गरिएको थियो ।

योजनामा विदेशबाट ईसेवा मनी ट्रान्सफरमार्फत ईसेवा वालेटमा रेमिट्यान्स पठाउने सेवाग्राहीमध्ये एक विजेताले काठमाडौंमा घर जित्ने अवसर राखिएको थियो । यो अवधिभर १० विजेताले आफूले पठाएको रकम दोब्बर पाएको कम्पनीले जनाएको छ । यस्तै, चार परिवारले विशेष सरप्राइज पुरस्कार पनि प्राप्त गरेको कम्पनीले जनाएको छ ।

ईसेवा मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत अजेश कोइरालाले मेरो डिजिटल देश अभियानबाट देश–विदेशमा रहेका नेपालीको अनुहारमा खुसी ल्याउने सानो प्रयास गरिएको बताए ।

ईसेवा मनी ट्रान्सफरले परम्परागत शैली तथा डिजिटल माध्यमबाट ईसेवा वालेट, बैंक तथा वित्तीय संस्था र आफ्ना भुक्तानी केन्द्रमार्फत पनि विप्रेषण सेवा प्रदान गर्दै आएको छ ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, मंसिर ९, २०८१  १८:३८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro