site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
‘माउन्ट एभरेस्ट फेसन रनवे’ विश्व कीर्तिमानीमा दर्ता
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाललगायत अन्य देशका मोडलहरू विश्वकै उच्चस्थान कालापत्थरमा आयोजित फेसन रनवेमा आइतबार देखिए । ‘माउन्ट एभरेस्ट फेसन रनवे’ नामक उक्त फेसन रनवेको आयोजना नेपाली फेसन ब्रान्ड कासाले गरेको थियो । 

माउन्ट एभरेस्ट फेसन रनवेले विश्वकै उच्च स्थानमा आयोजना गरेको दाबी गर्दै गिजिन बुकअफ वल्र्ड रेकर्डमा दर्ता गर्न सफल भएको छ ।

रनवेमा आठ नेपाली, एक फिनल्यान्ड, पाँच इटालियन, एक श्रीलंकन र एक सिंगापुर गरी १५ जना मोडलहरूले सहभागिता जनाएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

यो स्थानमा कार्यक्रमको आयोजना गर्नुको उद्देश्य जलवायु परिवर्तनबारे जनचेतना जगाउनु रहेको आयोजकले जनाएका छन् ।

कार्यक्रमका लागि ४८ जनाको टोली १८ जनवरीमा लुक्लाबाट पैदलयात्रामा हिँडेका थिए ।

Global Ime bank

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारी, नेपाल पर्यटन बोर्डका सीईओ नन्दिनी लाहे थापा, भिजिट नेपाल २०२० को तर्फबाट विश्वम्भर घिमिरे र आरबी डाइमण्डका अध्यक्ष तथा गिनिज वल्र्ड रेकर्डका आधिकारिक न्यायकर्तासमेत रहेका रमेश महर्जन लगायतले कार्यक्रममा सहभागिता जनाएका थिए ।

रनवेमा मोडलहरूले कासाले उत्पादन गरेका प्राकृतिक, अर्गानिक वस्तुबाट निर्मित लुगा र गहना प्रदर्शन गरेका थिए ।

कालापत्थर समुन्द्री सतहबाट ५ हजार ६ सय ४३ मिटरको उचाइमा रहेको छ ।


 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १४, २०७६  १६:१०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
बढ्दो आगलागीको बेवास्ता नगरौँ !
ICACICAC