काठमाडौं । तेलगु सफल चलचित्र ‘अर्जुन रेड्डी’ नेपाली भर्सनमा निर्माण हुने पक्का भइसकेको छ । केही दिनअघि युवा फिल्म्सले नेपाली रिमेकको राइट्स पाएको खबर बाहिरिएको थियो ।
युवा फिल्म्सका तर्फबाट केशव खड्का र ‘अर्जुन रेड्डी’ निर्माण कम्पनी भद्रकाली पिक्चर्सका तर्फबाट निर्माता प्रणय रेड्डीले अमेरिकामा निर्माण सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
चलचित्रको निर्देशक फाइनल भएको छ । चलचित्र ‘सेल्फी किंग’ निर्देशक विशाल सापकोटाले ‘अर्जुन रेड्डी’ को नेपाली भर्सन निर्देशन गर्ने भएका छन् ।
सँगै चलचित्रलाई ‘युवा फिल्म्स’ र जी २१ फिल्म्सले सहकार्य गर्ने खबर पनि बाहिरिएको छ । यो खबरलाई पुष्टि गर्दै ‘जी २१’ का आसिफ शाहले सामाजिक सञ्जालमार्फत निर्देशक सापकोटालाई टिममा स्वागत गरेका छन् । अभिनेताका बारेमा भने औपचारिक घोषणा भइसकेको छैन ।