राजनीति
काठमाडौं । प्रदेशसभा उपनिर्वाचनअन्तर्गत बझाङ प्रदेशसभा १ 'क' मा नेपाली कांग्रेसले तीन हजार मत कटाएको छ । तर, पनि कांग्रेस दोस्रो स्थानमै छ ।
प्राप्त पछिल्लो तथ्यांक अनुसार नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । एमालेका दमनबहादुर भण्डारीले तीन हजार ७४८ मत प्राप्त गरेको निर्वाचन आयोगको तथ्यांकमा उल्लेख छ ।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसका अभिषेकबहादुर सिंह तीनहजार १८२ मत पाएका छन् ।
तेस्रो स्थानमा रहेको नेकपा (माओवादी केन्द्र)का जनकबहादुर बुढाले दुईहजार ६ मत पाएका छन् ।
नेकपा (एकीकृत समाजवादी)का दिलबहादुर सिंहले एकहजार १४० मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: आइतबार, वैशाख १६, २०८१ २२:२२
प्रतिक्रिया दिनुहोस्