साहित्य
काठमाडौं । युवा गायक तथा संगीतकार बीपी वाग्लेको 'यो ज्यान मेरो नेपाल...' बोलको गीत सार्वजनिक भएको छ । गीतकार तथा गजलकार महानन्द ढकालको शब्द संयोजनको गीतलाई मिसन इन्टरटेनमेन्टले सार्वजनिक गरेको हो ।
गीतमा राष्ट्र प्रेम, विदेशी हस्तक्षेप नसहने र अतिथि देवोभवः लाई आत्मसात् गर्ने शब्द छन् ।
गीतको भिजुअल ग्राफिक्समा नीराजनसिंह ठकुरीले योगदान दिएका छन् । गीतको परिकल्पना तथा निर्देशन नारायण तिमल्सिनाको छ ।
देश भक्ति गीत संगीतले सम्पुर्ण नेपालीबीचको एकता र राष्ट्रियताको भावना उजागर गरिरहेको छ । गीत र भिडियोले अहिलेको नेपालको वास्ताविक अवस्थालाई भिजुअल ग्राफिक्सका माध्यमबाट प्रस्तुत गरिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १२, २०७६ १३:१३
प्रतिक्रिया दिनुहोस्