देश
दाङ । डिभिजन सडक कार्यालय दाङका प्रमुख जितेन्द्र चौधरीलाई नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ताले मोसो दलेका छन् ।
सडक निर्माणमा ढिलासुस्ती गरेको भन्दै उनीहरुले मोसो दलेको बताएका छन् ।
नेकपाका कार्यकर्ताहरुले आइतबार चौधरीको कार्यकक्षमै गएर मोसो दलेको प्रहरीले जनाएको छ । चौधरीमाथि मोसो दल्नेहरुको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, पुस २७, २०७६ १८:५५
प्रतिक्रिया दिनुहोस्