site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
घर बनाउन भन्दा झन्डा गाड्न हतार !
SkywellSkywell

सिन्धुपाल्चोक । ०७२ वैशाख १२ र २९ गतेको बिनासकारी भूकम्पले थला बसालेको ठाउँ तङ्ग्रन सकेको छैन । भूकम्पले खण्डहर बनाएको दुई वर्ष बित्न लाग्दा पनि पुनःनिर्माण शून्य प्रायः छ । तर, चुनावको रौनक छ भन्दा धेरैलाई अनौठो लाग्न सक्छ । यो खबर हो सिन्धुपाल्चोकको ।

भूकम्पले क्षतविक्षत बनाएको सिन्धुपाल्चोकमा चुनावको रौनक देखिन्छ । भूकम्पले खण्डहर बनाएको घरको भग्नावशेष पन्छाउन सकेको छैन । खेतका गह्रा र बारिको पाटामा टहरा खडा गरेर दिन गुजारी रहेका भूकम्पपीडितको अनुहारमा चुनावको आभा छाएको छ । चर नपुरेको घरमासमेत बाँस गाडेर झन्डा गाडिएको छ । त्यतिमात्र होइन टहरापिच्छे नै झन्डा देख्न पाइन्छ ।

KFC Island Ad
NIC Asia

किन त ? मेलम्ची नगरपालिका वडा नं. २ का श्याम खतिवडा भन्छन्, “२० वर्षपछि चुनाव हुन लागेको छ, खुसी त हुनै प¥यो नि ! फेरि स्थानीय तहमा जनप्रतिनिधि आएपछि पुनःनिर्माणले गति लिन्छ कि !”

यस्तै तर्क छ भोटेचौरका रमेश खतिवडाको पनि । वैशाखको धूप भन्दा चर्को गरि चुनाव लागेको प्रतिक्रिया दिन्छन् उनी । भन्छन्, “स्थानीय स्तरमा जनप्रतिनिधि नहुँदा विकास निर्माणले गतिलिन सकेन, पुनःनिर्माण पनि शून्य भयो भन्ने स्थानीयबासीलाई लागेको छ र चुनाव हुने भएपछि उनीहरू थप उत्साहित भएका हुन् ।

Royal Enfield Island Ad

मेलम्ची नगरपालिका वडा नं. ४ का शम्भु राउत भन्छन्, “वर्षौंपछि स्थानीय निर्वाचन हुन लागेकाले भूकम्पपीडितहरू खुसी भएका हुन् । उनीहरूको एउटै इच्छा छ, पुनःनिर्माणले गति लेओस् । भत्किएको घर छिट्टै बनोस् ।”

त्यस्तै साविक गाविसहरूमा जनप्रतिनिधि नहुँदा काम गर्न भएको अप्ठ्यारो, सिफारिस लिन सदरमुकाम धाउनु परेको दुःखले गर्दा पनि उनीहरू चुनाव हुने भएपछि खुसी भएको सोही वडाका हरि अर्याल बताउँछन् । 

अर्याल थप्छन्, “सानो सिफारिस लिन पनि सचिव खोज्दै सदमुकाम, काठमाडौँ धाउनुपर्ने अवस्थाको अन्त्य हुने आशले पनि जनता चुनावप्रति उत्साहित भएका हुन् ।”

भूकम्पबाट शतप्रतिशत खण्डहर बनेको सिन्धुपाल्चोकमा दश प्रतिशत मात्र पुनःनिर्माण हुनसकेको छ भने करिब २०० जनाले मात्र आवास अनुदान अन्तर्गत दोस्रो किस्ता पाउन सकेको पुनःनिर्माण प्राधिकरण सिन्धुपाल्चोकले जनाएको छ । चुनावले पुनःनिर्माण नरोकिने र मापदण्ड पुगेकालाई दोस्रो किस्ता दिने प्राधिकरणले जानकारी दिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, वैशाख ७, २०७४  १२:२४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro