site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले दाबी– स्थानीय तहमा ५० प्रतिशत, प्रदेश र संघमा ‘सुविधाजनक बहुमत’ 
SkywellSkywell

काठमाडौं । नेकपा एमालेले ५० प्रतिशत स्थानीय तह जित्ने दाबी गरेको छ । बुधबार पार्टी मुख्यालयमा घोषणापत्रमा बौद्धिक समुदायको सुझाव माग्न आयोजित कार्यक्रमा एमाले नेताहरूले त्यस्तो दाबी गरेका हुन् ।  त्यस्तै प्रदेश र संघमा पनि सुविधानजनक बहुमत ल्याउने दाबी एमालेको छ । संविधान जारी गर्न एमालेले खेलेको भूमिका, संविधान कार्यान्वयनका लागि एमालेको दबाब नै एमालेको जितको आधार भएको उनीहरूले बताएका हुन् । 

पार्टी महासचिव ईश्वर पोखरेलले निर्वाचन सकेसम्म टार्ने र नसके सार्ने खेल भइरहेको बताउँदै त्यसतर्फ सचेत रहन आग्रह गरे । एमालेकै कारण सरकारले चुनावको घोषणा गर्न बाध्य भएको बताउँदै कुनै हालतमा निर्वाचन भएरै छाड्ने जिकिरसमेत गरे ।

KFC Island Ad
NIC Asia

त्यस्तै सचिव प्रदीप ज्ञवालीले एमालेले ७४४ स्थानीय तहमध्ये ५० प्रतिशत जित्ने दाबी गर्दै एमाले महत्वाकांक्षी योजनाका साथ निर्वाचनमा होमिएको जिकिर गरे । “सपना देख्नुपर्छ । हामीले महत्वाकांक्षी योजना घोषणापत्रमा अघि सारेका छौँ । तर, ती पूरा गर्नै नसक्ने भने होइन,” उनले जोड दिए ।

उनले दश वर्षभित्रमा पाँच हजार डलर प्रतिव्यक्ति आय पुर्याउने लक्ष्य लिएको बारे भइरहेको टिकाटिप्पणीप्रति लक्षित गर्दै भने, “दक्षीण कोरियाले पनि ९–१० वर्षमै ९०० डलरबाट ५६ सय डलर प्रतिव्यक्ति आय पुर्यायो । हामी किन सक्दैनौँ ?”

Royal Enfield Island Ad

त्यस्तै उनले आगामी २५ वर्षभित्र ५० हजार मेघावाट जलविद्युत उत्पादन गर्नेसमेत दाबी गरे । दश वर्षभित्र गाउँपालिकाहरू सहरमा परिणत हुने र वडाहरूमा एकीकृत बस्ती बसालिसक्ने योजना एमालेको छ । वडाहरूलाई ‘अर्वान सहर’को रूपमा विकास गरिसक्ने लक्ष्य रहेको पनि ज्ञवालीले सुनाए । 

ज्ञवालीका अनुसार एमालेले घोषणापत्रमा समृद्धिको पाँच आधार तय गरेको छ । कृषिको आधुनिकिकरण, ऊर्जा विकास, मानव स्रोत साधन परिचालन, रोड रेल्वेको पूर्वाधार निर्माण, पर्यटनको विकास नै समृ मानव स्रोत साधन परिचालन, रोड रेल्वेको पूर्वाधार निर्माण, पर्यटनको विकास नै समृद्धिको आधारस्तम्भ भएको एमालेको निर्क्योल छ ।
पाँच वर्षभित्र गरिबी अन्त्य र समाजवादमा आधारित राज्य निर्माण एमालेको ‘रोडम्याप’ रहेको ज्ञवालीको भनाइ थियो । उक्त योजनामाथि एमालेसम्बद्ध बुद्धिजीवीहरूले विचार–विमर्श गरेका थिए ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, वैशाख ६, २०७४  १६:४६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro