site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भ्रमण वर्षभर विदेशी विद्यार्थी ‘सम्मेलन र सेमिनार’ आवश्यक
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad

काठमाडौं । देश भ्रमण वर्ष २०२० मनाउने तरखरमा छ । २० लाख पर्यटक भित्र्याउने महत्त्वाकांक्षी लक्ष्य चुनौतीको विषय बनिरहेको छ । यो चुनौतीपूर्ण लक्ष्य भेट्टाउने कसरतमा सरकार लागिरहेको छ । सरकार पनि सबै सरोकारवाला निकायलाई २० लाखको लक्ष्य भेट्टाउन सहयोग गर्न अपिल गरिरहको छ ।

२० लाखको लक्ष्य भेट्टाउनका गरिएको विविध प्रयासमध्ये एउटा हो, विदेशी नागरिक सहभागी हुने सम्मेलन तथा गोष्ठी आयोजना गर्ने । यो संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले अघि सारेको एउटा प्रस्ताव हो ।

पर्यटनका विविध आयाममध्ये मन्त्री भट्टराईले शैक्षिक पर्यटनको उपाए निकालेका हुन् । शैक्षिक संस्थाहरूसँग गरेको छलफलमा मन्त्री भट्टराईले सम्मेलन र गोष्ठीको जुक्ति सुनाएका हुन् ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

होटल तथा आतिथ्य व्यवस्थापन पढाउने शैक्षिक संस्थाहरूलाई डाकेर मन्त्री भट्टराईले भनेका छन्, “भ्रमण वर्ष २०२० मा वर्षभर सेमिनार, वर्कसप, सम्मेलन आयोजना गर्नुस् । सरकार, पर्यटन बोर्ड तथा नेपाल भ्रमण वर्ष सचिवालयले आवश्यक साझेदारी गर्नेछ ।”

मन्त्री भट्टराईले शैक्षिक संस्थाहरूले आफ्नो राम्रो सम्बन्ध रहेको विदेशी कलेज तथा विश्वविद्यालयसँग सहकार्य गरेर विदेशी विद्यार्थीलाई नेपाल बोलाउन सुझाव दिए । उनले भने, “तपाईंहरू सम्बद्ध विदेशी विश्वविद्यालय तथा तपाईंहरूको सम्बन्ध भएका विदेशी कलेजका विद्यार्थीलाई नेपालमा पढ्न बोलाउनुहोस् । नेपाली आतिथ्य सिकाउनुहोस् ।”

Royal Enfield Island Ad

भट्टराईले भने, “२०२० एउटा अभियान हो । शैक्षिक संस्थाहरू पनि जोडिनुहोस् ।” उनका अनुसार हालसम्म सेमिनार तथा सम्मेलनमा सहभागी हुन विद्यार्थीहरू विदेसिने गरेकोमा अब नेपाल आउनुपर्छ ।

मन्त्री भट्टराईले भ्रमण वर्ष उद्घाटनका अवसरमा ती शैक्षिक संस्थालाई विद्यार्थी स्वयम्सेवक परिचालित गरेर सहयोग गर्न पनि आग्रह गरे । भट्टराईका अनुसार भ्रमण वर्षको उद्घाटन भव्य हुनेछ जहाँ आतिथ्य तथा होटल व्यवस्थापन विद्यार्थीले मार्चपास गर्नेछन् । मार्चपासमा हरेक शैक्षिक संस्थाका ५० विद्यार्थी सहभागी हुनेछन् ।
मन्त्री भट्टराईले शैक्षिक संस्थाहरूलाई सार्वजनिक सम्पदा सरसफाइदेखि पर्यटन प्रवद्र्धनका विभिन्न गतिविधिमा सरिक हुन आग्रह पनि गरे । उनले भने, “यसबाट तपाईंहरू स्वयम्को प्रवद्र्धन हुन्छ भने सामाजिक सञ्जालमार्फत् विश्वमा सकारात्मक सन्देश जुटाउन सकिन्छ ।”

मन्त्री भट्टराईले अबको केही वर्षभित्र देशको हरेक क्षेत्रसँग सम्बन्ध राख्ने क्षेत्र पर्यटन बन्ने उल्लेख गर्दै देशको कुल गार्हस्थ उत्पादनमा पर्यटनको योगदान ३ बाट बढाएर १० प्रतिशत बनाउने, प्रतिपर्यटक खर्च ४४ डलरबाट ८० डलर बनाउने योजना भएको सुनाए ।

राज्यले अबको पाँच वर्ष प्रतिवर्ष ३५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ भने २०२० को दशकलाई नेपाल भ्रमणका लागि एक दशक मनाउँदै छ । जसका लागि विमानस्थलदेखि नयाँ पर्यटकीय गन्तव्य पहिचानमा राज्य जुटेको छ ।

यसैबीच भ्रमण वर्षको उद्घाटन समारोहमा आतिथ्य तथा होटल व्यवस्थापन शैक्षिक संस्थाहरूले मार्चपास गर्ने भएका छन् । यसका लागि ती संस्थाहरूबाट ५०–५० जना विद्यार्थी सहभागी हुनेछन् ।

विद्यार्थी कलेज ड्रेसमा, होटलका कर्मचारीहरू अतिथि सत्कारको पहिरनमा सजिएका हुनेछन् । मार्चपासमा क्रममा सहभागी विद्यार्थीले नेपालको झण्डा र भ्रमण वर्षका झण्डासँगै सम्बन्धित कलेजको ब्यानर पनि बोक्नेछन् ।

यसैबीच शैक्षिक संस्थाहरूले सरकारलाई भ्रमण वर्ष सफल बनाउन जस्तोसुकै सहयोग गर्न आफूहरू तयार भएको बताएका छन् । उनीहरूले विद्यार्थीलाई स्वयम्सेवकका रूपमा खटाउनेदेखि सरसफाइमा पनि सरिक गराउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनीहरूले सरकारलाई भ्रमण वर्ष सफल बनाउन चालिनुपर्ने कदमहरू पनि सुझाए ।

भ्रमण वर्षको उद्घाट जनवरी १ तारिखका दिन दशरथ रंगशालाबाट हुँदैछ । जसमा सांस्कृतिक कार्यक्रम र विषयगत प्रदर्शन हुनेछ । नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले उद्घाटन समारोहलाई भाषण कम र प्रदर्शन बढी हुने गरी डिजाइन गरिएको जानकारी दिए ।

उद्घाटन समारोहमा विभिन्न १० भन्दा बढी देशका पर्यटनमन्त्री सहभागी हुँदैछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, पुस ९, २०७६  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
The British College Banner adThe British College Banner ad
Everest BankEverest Bank
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro