site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मेटिएको छैन एक्सन चलचित्रको सम्भावना
SkywellSkywell

काठमाडौं । एक्सन चलचित्र नेपालमा मात्रै नभई संसारभरि नै चल्ने जानरा हो । हलिउड, बलिउड, चाइनिज, दक्षिण भारतीय चलचित्रदेखि लिएर संसारभरि नै एक्सनको क्रेज निकै उचाइमा छ ।

तर, पछिल्ला केही वर्षयता नेपालमा मात्रै नभई संसारभरि नै यसको क्रेज घटेको अनुभव गरिएको छ । त्यसको ठाउँमा लव स्टोरी र कमेडी चलचित्रले दर्शक तानिरहेका छन् ।

नेपाली चलचित्र जगतका कुरा गर्ने हो भने, अभिनेता निखिल उप्रेती, शिव श्रेष्ठ, राजेश हमाल, विराज भट्ट एक्सन स्टारका रूपमा परिचित छन् । कुनै समय थियो हलमा यी एक्सन स्टारहरूको फाइट हेर्न दर्शकको ओइरो लाग्थ्यो ।

KFC Island Ad
NIC Asia

अहिले नेपाली चलचित्रमा यो ट्रेन्ड ठ्याक्कै उल्टिएको छ । पछिल्लो समय नेपालमा लबर बोई र चकलेटी अभिनेताको क्रेज बढ्न थालेको छ ।

जसको प्रत्यक्ष मारमा परेका छन्, द्वन्द्व निर्देशक र द्वन्द्व आर्टिस्टहरू । विगत ६/७ वर्षदेखि एक्सन जानराका चलचित्र बन्नै छोडेको नेपाली द्वन्द्व निर्देशक गुनासो पोख्छन् । यति मात्रै नभई अरू जनरामा पनि एक्सन सिनहरूको प्रयोग निकै कम हुन थालेको उनीहरू बताउँछन् ।

Royal Enfield Island Ad

पछिल्लो दुई दशकदेखि नेपाली अभिनेतालाई फाइट सिकाउँदै आइरहेका द्वन्द्व निर्देशक एनबी महर्जन बताउँछन्, “एकाध दुई चलचित्र नबनेका होइनन् तर ती चलचित्र पनि चलरिहेका छैनन् ।” 

अहिले दर्शक कमेडी र फ्यामिली ड्रामाका चलचित्र हेर्न रुचाइरहेका छन् । यही कारण ती जनराका चलचित्रले बजार ओगटिरहेको उनले बताए ।

यति मात्रै नभई बजेटका कारण पनि नेपालमा पहिलेको तुलनामा एक्सन चलचित्र बन्न छोडेको द्वन्द्व निर्देशक बताउँछन् । “लव स्टोरी, कमेडी चलचित्र बनाउन लाग्ने बजेटको दोब्बर एक्सन चलचित्र बनाउनमा लाग्छ ।” द्वन्द्व निर्देशक महर्जन बताउँछन् ।

जसले गर्दा चलचित्र निर्माताहरू त्यो लेबलसम्मको लगानी गर्न नखोज्ने भएकै कारण पनि एक्सन चलचित्र बन्न छोडेको उनको बुझाइ छ ।

यस्तै द्वन्द्व निर्देशक हिमाल केसी पनि एनबी महर्जनको कुरामा सहमत छन्, “हिजो जुन हिसाबको एक्सनको क्रेज थियो अहिले त्यो घटेको छ । राजेश हमाल, निखिल उप्रेती र विराज भट्ट लगायतका अभिनेताको समयमा एक्सन चलचित्र थुप्रै बन्थे ।”

तर, पछिल्लो समय नेपाली चलचित्रमा झुल्किएका अभिनेता एक्सनका लागि सुट हुने खालका नभएर पनि ती चलचित्र बन्न छोडेको उनले बताए ।

एक्सन अरूभन्दा गाह्रो विधा हो । यसकारण त्यसका लागि अभिनेताको शारीरिक बनावट र लुक हुनुपर्ने उनले बताए । यसो नहुँदा दर्शकले त्यो स्तरको गुणस्तर नपाउने उनले बताए ।

एउटा सानो एक्सन सिनका लागि पनि कम्तीमा ५/७ जना त चाहिन्छ नै । अझ यही जनराकै चलचित्र बनाउने हो भने त ३० देखि ३५ जनाकोएक्सन टिम चाहिने उनीहरू बताउँछन् ।

नेपाली सिने क्षेत्रमा मात्र करिब १५ देखि २० जना द्वन्द्व निर्देशक छन् । भने सहायक निर्देशक र एक्सन आर्टिस्ट गरी लगभग ८० देखि १०० जना छन् ।

“यही क्षेत्रमा नाम कमाइसकेपछि योबाहेक अरू के गर्ने यसैमा बस्नुपर्छ भन्ने बाध्यता वा सोच पनि हुन्छ । तर, चलचित्रमा यसको प्रयोग नै कम हुन थालेसँगै विकल्पका रूपमा अरु केही सोच्नु पर्ने अवस्था आइसकेको छ,”केसी भन्छन्, ‘‘म पनि विकल्पका रूपमा अरू पेसाका बारेमा सोचिरहेको छु ।’’

उनी अहिले हिट चलचित्र ‘प्रेमगीत’को तेस्रो भाग ‘प्रेम गीत ३’ मा द्वन्द्व निर्देशककोकाम गरिहेका छन् ।यो चलचित्रका लागि एक्सन आर्टिस्ट जुटाउन निकै गाह्रो भएको उनले बताए । एक्सन आर्टिस्टहरूलाई अनुरोध गरेर बोलाउँदा पनि नआउने गरेको दुखेसो उनले पोखे ।

उनका लागि ‘प्रेमगीत ३’ चल्नै पर्ने दबाब छ । किनभने पछिल्ला एक्सन चलचित्र ‘जाइरा’ र ‘सरौतो’ ले दर्शक तान्न सफल भएनन् ।

त्यसैले उनी यो चलचित्रका लागि आफ्ना तर्फबाट कुनै कसर बाँकी राख्न चाहँदैनन् । किनभने उनी यो चलचित्रबाट नेपाली दर्शकलाई पुनः एकपटक एक्सनको त्यो क्रेज फर्काउन कोसिस गरिरहेका छन् ।

द्वन्द्व निर्देशक शंकर महर्जनका अनुसार नेपालमा एक्सन चलचित्र नबन्नुको प्रमुख कारण चलचित्रको बजेट हो । नेपाली निर्माता एक्सन चलचित्रका लागि चाहिने जति बजेट छुट्याउन आनाकानी गर्छन् ।
भएको जति बजेटमा जसोतसो एक्सनसिन अटाउन खोज्दा, त्यसको प्रत्यक्ष असर गुणस्तरमा पर्ने र दर्शकलाई एक्सन चलचित्रबाट आश र जोस दुवै हट्ने उनले बताए ।

“एक्सन सिनेमा संसारमै चलिरहेका छन्, त्यसैले हाम्रोमा मात्रै नचल्ने भन्ने कुरै हुँदैन । तर, के हो भने त्यसका लागि एक्सन स्टार चाहियो, त्यही अनुसारको बजेट चाहियो र त्यही अनुसारको समय अर्थात् तयारी चाहियो ।”

अरू चलचित्रमा एउटा साधारण एक्सन सिन छायांकन गर्नका लागि एक साता लाग्छ । अझै एउटा राम्रो एक्सन चलचित्र बनाउने हो भनेपनि साढे २ महिनादेखि ३ महिनासम्म लाग्छ । छायांकनको दिन बढ्नु भनेको लगानी पनि त्यही अनुपातमा बढ्नु हो । त्यही भएर जो कोही निर्देशकले एक्सन चलचित्र बनाउन आँट नगर्ने उनीहरूले बताए ।

नितान्त एक्सन चलचित्रबाट नै बाच्छु भन्नेहरूलाई निकै गाह्रो भएको निर्देशकहरू दुखेसो पोख्छन् ।

यति भनिरहँदा पनि निर्देशक एन बी महर्जन केही आशा पनि व्यक्त गर्छन् ।

“नेपाली चलचित्रमा पारिश्रमिक छैन् भन्न मिल्दैन् । मैले सुरु गर्दा एउटा चलचित्रको हजार वा बढिमा १५ सय दिन्थ्यो । तर अहिले एक जना एक्सन आर्टिस्टले एउटा एक्सन सिनमा २÷३ दिन समय दिँदा न्यूनतम पनि ४ देखि ५ हजार माथि नै हुन्छ ।”

विश्वबजारको तुलनामा नभई नेपाली बजारको तुलनामा यो पारिश्रमिक राम्रै मान्नुपर्ने उनी बताउँछन् ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  ११:२२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro