site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भूपाल राईको निबन्ध कृति ‘शब्द सायारेम’ लोकार्पण

काठमाडौं । कवि, गीतकार, निबन्धकार तथा नेपाल  प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको वैचारिक निबन्ध संग्रह ‘शब्द सायारेम’ लोकार्पण भएको छ । आइतबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा लेखक खगेन्द्र सङ्ग्रौला, भाषा आयोगका अध्यक्ष डा. गोपाल ठाकुर, डम्बर चेम्जोङ, भोगिराज चाम्लिङ र कुमारी लामाले कृतिको लोकार्पण गरेका हुन् ।  

सभ्यताको विकासको आधारस्तम्भलाई उधिन्दै तानाशाहलाई प्रश्न गर्ने बागी विचार राईका निम्बन्धमा भएको लेखक सङ्ग्रौलाले बताए । कोलम्बस र पृथ्वीनारायण शाहमाथि लेखकले उठाएका प्रश्नहरूले बहुलता र बाग्द्वार खडा गर्ने सङ्ग्रौलाको भनाइ थियो ।

भाषा आयोगका अध्यक्ष ठाकुरले राईका निबन्धले सामुदायिक विचार र सामाजिक युगीन चेतनाको बहस गर्ने बताए ।

लेखक राईले निबन्ध लेखनको सकस र वैचारिकता परिवेशबारे बोल्दै धन्यवाद व्यक्त गरे ।

बुकहिलले प्रकाशन गरेको पुस्तकको मूल्य मोटो गाताको ८०० र पातलो गाताको ६०० रुपैयाँ रहेको छ ।

 

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: आइतबार, वैशाख ७, २०८२  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro