site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला टोलीलाई इतिहास बनाउने अवसर, ९ महिनामा पाँचौँ पटक भारतसँग खेल्दै  
Sarbottam CementSarbottam Cement

काठमाडौं । गत फागुनमा विराटनगरमा सम्पन्न पाचौं महिला साफ च्याम्पियनसिपको फाइनलमा नेपाल भारतसँग पराजित भयो । इतिहास बनाउन नजिक पुगेपनि खेलाडी असफल भए ।  असफलतासँगै अर्को अवसरका लागि वर्षौं कुर्नुुपर्ने होकी भनेर निराश खेलाडी ९ महिनाको अन्तरमा पुनः आफ्नै मैदानमा भारतको सामना गर्दैछन् । त्यो पनि १३ अनैं दक्षिण एसियाली खेलकुद (साग) को स्वर्ण पदकका लागि । 

दोस्रो पटक घरेलु मैदानमा अवसर पाएका खेलाडी समर्थकलाई निराश बनाउने पक्षमा छैनन् । उसो त हरेक खेलमा जितकै सपना देख्ने उनीहरु जानकार छन् कि यो अवसर गुमे वर्षौं कुर्नुपर्नेछ । यसमा खेलाडी सचेत छन् । 

टोलीकी मुख्य सदस्य साबित्रा भण्डारी जितका लागि शतप्रतिशत तयार रहेको बताउँछिन् । उनी भन्छिन्, “लिग चरणमा पनि राम्रो नै खेलेको हो । तर सुरुआतमा गोल गर्दा उनीहरु जित निकाल्न सफल भए । हामी अहिलेसम्मको हारको बदला लिने योजनामा छौं ।”

Prabhu Bank
Agni Group
NIC Asia

टोलीका प्रशिक्षक हरी खड्का पनि कमजोरी सुर्धार्दै इहितासको रणनीतिमा रहेको बताउँछन् । उनी भन्छन्,“अवसर हो । खेलाडीले शतप्रतिशत दिनेमा विश्वस्त छु ।”

साफको बदला सागमा लिँदै नयाँ इतिहास बनाउने लक्ष्यमा रहेको नेपाली टोली र भारतबीचको खेल पोखरा रंगशालामा आज दिउँसो २ बजे हुनेछ । योसँगै ९ महिनाको अवधिमा नेपाल भारतसँग पाचौँ पटक आमनेसामने हुन लागेको हो ।

Global Ime bank

यसअघि लिग चरणमा भारतसँग प्रतिस्पर्धा गरेको नेपालले ओलम्पिक छनोटको दोस्रो चरण र पाचौँ साफमा प्रतिस्पर्धा गरेको थियो । त्यसअघि भारतमै भएको हिरो गोल्डकपमा नेपालले भारतमाथि जित निकालेको थियो । 

शुक्रबार भएको लिग चरणमा नेपालले अधिकांश समय खेल दबाबमा राखेपनि भारतसँग १–० को हार ब्यहोरेको थियो । लिग चरणमा अन्य खेलमा नेपालले श्रीलंकामाथि १–० को नतिजा निकाल्दा माल्दिभ्समाथि ३–० को जित निकालेको हो । 

तेस्रो सहभागितामा लक्ष्य स्वर्ण
सन् १९८४ मा काठमाडौंबाट सुरु गरिएको साग १३ औं संस्करणसम्म आइपुग्दा महिला फुटबल टोलीले जम्मा दुई संस्करण खेल्ने अवसर पायो । किनकी दक्षिण एशियाली खेलकुदमा महिला फुटबलको विकास गर्ने उद्देश्यसहित बंगलादेशको ढाकामा आयोजना भएको ११ औं सागबाट महिला फुटबल समावेश गरिएको थियो । 

सन् २०१० मा ढाकाबाट सागमा डेब्यू गरेको नेपाल उपविजेता भन्दा माथि पुग्न सकेको छैन । ढाकामा भएको खेलमा भने नेपाल फाइनलमा भारतसँग ३–१ गोलले स्तब्ध भएको थियो । 

त्यसपछि फरक लक्ष्यसहित २०१६ मा भारतको गुवाहाटीमा आयोजना भएको १२ औं सागमा पनि महिला टोलीले अपेक्षाकृत नतिना ल्याउन सकेन । फाइनलमा भारतकै सामना गरेको नेपाल २–१ ले पराजित भयो । अहिले घरेलु मैदानमा पहिलो पटक साग खेल्ने मौका पाएको महिला टोली ऐतिहासिक नतिजा ल्याउने रणनीतिमा छ । 

साफको बदला सागमा 
गत फागुनमा जब नेपालले पाचौँ महिला साफ च्याम्पियनसिपको उपाधि भारतलाई सुम्पिएको थियो । तब खेलाडी घरेलु मैदानमा अर्को अवसर पाइन्छ भन्नेमा दुविधामा थिए । किनकी साग हुने वा नहुने अन्यौल थियो । जब प्रतियोगिता हुने नयाँ मिति तय भयो खेलाडी पुरानै जोशमा फर्किएका छन् । सागका लागि महिला फुटबलको तयारी साउनबाट सुरु गरिएको थियो । 

साग अघि टोलीले नाडेज्दा कपमा सहभागिता जनाएको थियो । नाडेज्दा कपपछि टोलीले पोखरामा अभ्यास सुरु गरेको हो । तर रंगशाला तयार नहुँदा खेलाडीले आर्मीको मैदानमा अभ्यास गर्नुपर्यो । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, मंसिर २३, २०७६  १०:११
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय