site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
ऐतिहासिक स्वर्णधारी गौरिका भन्छिन् - ‘पदक राष्ट्रलाई समर्पित गर्न चाहन्छु’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाली पौडीको इतिहासमा पहिलो पटक व्यक्तिगत स्पर्धामा स्वर्ण जितेकी पौडिबाज गौरिका सिहंले घरेलु मैदानमा ओलम्पिक खेलेको महसुस गरेको बताएकी छन् । 

१३ औं सागअन्तर्गत बिहीबारबाट सुरू भएको पौडीमा दुई सय मिटर फ्रि-स्टाइलमा स्वर्ण जित्दै कीर्तिमान बनाएकी गौरिकाले ओलम्पिक खेलिरहेको महसुस गरेको बताइन् । 

उनले भनिन्, "स्वर्ण जित्दा त मेरो त सातो उड्यो । सबै जनाले हुटिङ गर्दाको त्यो पल म कसरी बर्णन गरुँ ? ओलम्पिक खेलेको जस्तो लाग्यो ।”

Prabhu Bank
Agni Group
NIC Asia

खेल जहिले गार्‍हो हुने बताएकी गौरिकाले आफूले राम्रोका लागि कोशिस गर्दा मिहनतको फल पाएको बताइन् । स्वर्ण पदक नेपाल र परिवारलाई समर्पित गरेकी गौरिकाले भनिन्,“सबैजना मलाई बाहिर बस्छ, नेपाली होइन् भन्छन् । तर म नेपाली हो । यो पदक म नेपाललाई समर्पित गर्न चाहान्छु । आफनो देशका लागि पदक जित्दा निकै खुसी छु ।”

गौरिकाले बिहीबार भारतकी शिवांगी शमालाई उछिन्दै ऐतिहासिक स्वर्ण पदक जितेकी हुन् । उनले निर्धारित दूरी २ मिनेट ५.०६ सेकेन्डमा पूरा गर्दै स्वर्ण जितेकी हुन् । रजत पदक पाएकी भारतकी शिवांगीले २ मिनेट ७.१९ सेकेन्डको समयमा पार गरेकी थिइन् । 

Global Ime bank

गौरिका सम्मलित महिला टोलीले चार सय मिटर रिलेमा कास्य जितेको छ । गौरिकाले शुक्रबार ६ विधामा प्रतिस्पर्धा गर्ने छिन् । लन्डन बस्दै आएकी गौरिका साग तयारीका लागि केही साता अघि नेपाल आएकी हुन् । 

ब्राजिलमा सम्पन्न रियो ओलम्पिकमा कान्छी खेलाडीका रुपमा चर्चामा आएकी गौरिकाले यसअघि २०१६ मा भारतमा सम्पन्न १२ औं सागमा रजत जितेकी थिइन् । 

उनले वैशाखमा नेपालगञ्‍जमा सम्पन्न ८ औं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जित्दै इतिहास बनाएकी थिइन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १९, २०७६  २०:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय