site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
तत्कालीन कार्यकारी निर्देशक विकल पौडेलबाट २७ अर्ब बढी असुल उपर हुने फैसला

काठमाडौं । सुरक्षण मुद्रण केन्द्रका तत्कालीन कार्यकारी निर्देशक विकल पौडेल भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतका न्यायाधीशहरू अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू तेजनारायणसिंह राई र रामबहादुर थापाको इजलासले आइतबार पौडेलले भ्रष्टाचार गरेको फैसला गरेको हो ।

विशेष अदालतले ४० करोड ७५ लाख ५७ हजार ७४० रुपैयाँ बिगो कायम गरी कार्यकारी निर्देशक पौडेलका साथै खरिदकर्ता कम्पनी म्याक्स इन्टरनेसनलका सीइओ अकबर हुसेनबाट समेत असुल उपर हुने फैसला गरेको हो ।

विशेष अदालतले अख्तियारले गरेको दाबी पुग्ने ठहर गर्दै पौडेलबाट १३ करोड ५८ लाख ५२ हजार ५८० रुपैयाँ बिगो असुल उपर गरी सोही बराबर जरिवाना हुने ठहर गरेको छ । यस्तै, उनलाई एक वर्ष ६ महिना कैद सजाय निर्धारण गरी कार्यकारी निर्देशक पदमै रहँदा पदको दुरुपयोग गरी भ्रष्टाचार गरेकोमा थप ६ महिना कैद सजाय तोकेको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदकर्ता कम्पनी म्याक्स इन्टरनेसनलका सीइओ अकबर हुसेनलाई पनि मतियार ठहर गर्दै कार्यकारी निर्देशक पौडेल सरह नै सजाय तोकेको छ । पौडेलबाट सरह नै असुल उपर उनीबाट पनि बिगो र जरिवाना असुल उपर हुने र एक वर्ष ६ महिना कैद हुने फैसला विशेष अदालतले गरेको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  २१:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro