site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
१३ उमेदवार, जसले आफैंलाई मत हाल्न पाउँदैनन् 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

तस्बिर : शनिबारको निर्वाचनको लागि तयारी अवस्थामा रहेको मतदान केन्द्र


पोखरा । चर्चामा छ, कास्की २ को उपनिर्वाचन । प्रतिनिधीसभाको उपनिर्वाचन हुने देशकै एकमात्र क्षेत्र पनि यही हो । यस उपनिर्वाचनमा १० स्वतन्त्र र ११ राजनीतिक दलका गरी कुल २१ जना उमेदवारले उपचुनावमा उम्मदेवारी दिएका छन् ।

२१ मध्ये एकजना मात्र प्रतिनिधीसभाको सदस्यमा निर्वाचित हुनेछन्, त्यसका लागि शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने कार्यतालिका छ । तर, यहाँका २१ उमेदवारहरुमध्ये आठजनाले मात्र आफैलाई मतदान गर्न पाउँछन् । बाँकी १३ जना उमेदवारहरु भने अरुको मतमा निर्भर रहनुपर्छ । कास्की २ को प्रतिनिधीसभा निर्वाचन क्षेत्र पोखरा महानगरपालिकाका ११ वटा वडाहरु मिलेर बनेको छ । चुनावमा होमिएका ८ जना उमेदवार मात्रै यही चुनावी क्षेत्रका बासिन्दा हुन् ।

KFC Island Ad
NIC Asia

महानगरका ४, ७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा मिलेर बनेको कास्की २ मा मुख्य प्रतिष्पर्धी मानिएका नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेल नै मतदानबाट वञ्चित हुनेछन् । कारण, उनी कास्कीकै भएतापनि प्रतिनिधीसभा निर्वाचन क्षेत्र नं. ३ का बासिन्दा हुन् । पौडेल पोखरा २२ का बासिन्दा हुन् ।

पौडेलसँगै नेपाली कांग्रेस बिपीका चन्द्र बहादुर रानाभाटले पनि मतदान गर्न पाउँदैनन् । उनी पोखरा २६ का बासिन्दा हुन् । आफूले आफैलाई मतदान गर्न नपाउने 'अभागी उमेदवार'हरुमा राष्ट्रिय जनमुक्ति पार्टीका पूर्णबहादुर राना पनि छन् । उनी तनहुँका हुन् । यस्तै, देशभक्त समाजवादी पार्टीका उमेदवार विर बहादुर विश्वकर्मा अन्नपूर्ण गाउँपालिकाका हुन् । मंगोल नेशनल अर्गनाइजेसनका उमेदवार रियाज गुरुङ पोखरा २७ का स्थायी बासिन्दा हुन् ।

आफैलाई मतदान गर्न नपाउने स्वतन्त्र उमेदवारहरु आठ जना रहेका छन् । विवेकशील नेपाली दलको समर्थनमा चुनावमा भाग लिएकी जमुना शर्माले पनि आफूलाई मत हाल्न पाउँदिनन् । उनी पोखरा ६ निवासी हुन् । वालिङ ११ स्याङजाका यज्ञप्रसाद पंगेनी, पोखरा २५ का कमलजंग कुँवर, पोखरा २३ लक्ष्मीकुमारी भुजेल, कपिलवस्तुका सुनिल भुषाल, पोखरा १९ का उमनाथ गौतम, सुर्खेतका दिपक रेग्मी, पोखरा २८ का नवराज बास्तोलाले पनि मतदान गर्न पाउँदैनन् ।

निर्वाचन क्षेत्र भन्दा बाहिर र अन्य जिल्लाका उमेदवारहरु भएका कारण उनीहरुले मतदान गर्न नपाउने भएका हुन् । राजनीतिक दलका तर्फबाट उमेदवार बनेका ६ जना यही क्षेत्रभित्रका उमेदवार हुन् । ती मध्ये नेपाल कम्युनिष्ट पार्टी नेकपाका उमेदवार विद्या भट्टराईले पोखरा ३३ मा रहेको शान्ति उदय माविमा मतदान गर्नेछिन् । 

साझा पार्टीकी उमेदवार रजनी केसीले वडा नं. ४ मा, नेकपा मालेका टेकनाथ भण्डारीले वडा नं. २१, समाजवादी पार्टीका धर्मराज गुरुङले वडा नं. १६, स्वतन्त्रका सुनिल बहादुर कोइरालाले वडा नं. ४, राप्रपा स्वतन्त्रका उमेदवार गंगा मल्लले वडा नं. ७, राप्रपाका उमेदवार रोम बहादुर भण्डारीले पोखरा १५ र स्वतन्त्र उमेदवार रन बहादुर दमैले वडा नं. १७ मा मतदान गर्नेछन् ।

तयारी सकियो

शनिबार हुने कास्की २ को उपचुनावको अन्तिम तयारी सकिएको छ । निर्वाचन सामाग्री लिएर कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । सुरक्षाकर्मी र स्वयंसेवक पनि तैनाथ छन् ।

उनीहरूलाई निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर जिल्ला निर्वाचन कार्यालयले मतदान स्थल पठाएको हो । मतदानका लागि निर्वाचन अधिकृतले ५६ प्रकारका निर्वाचन सामग्री बुझेर सम्बन्धित क्षेत्रमा गएका छन् । 

कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटीका, मतपत्र, आवश्यक पर्ने अन्य सामग्री दिएर मतदानस्थल पठाएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए ।

“हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीलाई मतदान स्थलमा पठाएका छौँ,” उनले भने । सुवेदीका अनुसार यहाँको चुनावमा चार सय १० जना कर्मचारी खटिएका छन् । एक मतदान केन्द्र बराबर पाँच जनाका हिसाबले आयोगले कर्मचारी खटाएको छ । यहाँ ८२ वटा मतदान केन्द्र छन्, भने ३२ मतदान स्थल ।

कर्मचारी बाहेक तीन सय २८ जना स्वयंसेवक पनि उपचुनावका लागि खटिएका छन् । 

उपचुनाव हुने ११ वटा वडाका ७१ हजार आठ सय ७१ जना मतदाताले मतदानमा भाग लिनेछन् । प्रतिनिधीसभा क्षेत्रभित्रका प्रदेश ‘क’ र ‘ख’ मा १६–१६ वटा मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनमा मतदान गर्नेमा पुरुषको तुलनामा महिला मतदाता बढि छन् । कार्यालयका अनुसार मंसिर १४ को उपनिर्वाचनमा ३८ हजार सात सय ६४ जना महिला र ३३ हजार एक सय छ जना पुरुष मतदाताले मतदान गर्नेछन् । एक जना तेश्रोलिंगी मतदाताले पनि मतदान गर्नेछन् । 

ती मतदाताले वडा नं. ९ को सहारा बाल आधारभूत विद्यालयमा तोकिएको मतदान केन्द्रमा मतदान गर्नेछन् । आयोगले शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । मतदान सकिएपछि साँझ ५ देखि ७ बजेसम्म मतपेटिका संकलन गर्ने, ७ बजे सर्वदलीय बैठक बस्ने र बैठक सकिएपछि जिल्ला समन्वय समिति कास्कीमा मतगणना गरिने कार्यतालिका रहेको छ ।  

उनीहरुको मतको आधारमा नै २१ मध्येबाट एकजना प्रतिनिधीसभा सदस्य चुनिनेछन् । यहाँको चुनावमा १० स्वतन्त्र सहित ११ राजनीतिक दलका उमेदवार गरि कुल २१ जना चुनावमा भिड्दैछन् ।
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १३, २०७६  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro