site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
गगनको दाबीप्रति वर्षमानको आपत्ति
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरेको भन्ने नेपाली कांग्रेसका महामन्त्री गगन थापाको भनाइप्रति आपत्ति जनाएका छन् ।

गृहजिल्ला रोल्पामा शुक्रबार आयोजित सहिद प्रतिष्ठानको प्रथम साधारणसभालाई सम्बोधन गर्दै पुनले भ्रमपूर्ण प्रचार नगर्न थापालाई चेतावनी दिए । उनले आफूहरूको प्राथमिकता सरकार नभएको भन्दै मुलुक र जनताको हितमा राम्रो काम गरेर देखाउन कांग्रेस–एमाले गठबन्धनलाई आग्रह गरे ।

KFC Island Ad
Dabur Nepal
NIC Asia

कांग्रेस र एमाले दुवै दलका नेताले एकअर्कासँग धेरै दिन सहकार्य गर्न सकिन्छ भन्ने विश्वास नभएपछि आफ्नो दललाई देखाएर ‘बार्गेनिङ पावर’ बढाउन खोजेको उनको भनाइ थियो । "हाम्रो अध्यक्ष प्रचण्डले कहिले र कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो त्यसको पुष्टि गर्न गगन थापाजीलाई मेरो चुनौती छ," पुनले भने, "आफूहरूको गठबन्धन लामो समय नजाने देखेपछि कांग्रेस–एमाले दुवैले हामीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजिरहेका छन् । गगनजीले केपी ओलीसँग बार्गिनिङ पावर बढाउन हुँदै नभएको हास्यास्पद दाबी गर्नुभएको छ ।"

आफूहरू कम्तीमा प्रतिनिधिसभाको यो कार्यकालभरि प्रतिपक्षमा बसेर कांग्रेस–एमाले सरकारको बेथिति, भ्रष्टाचार र कुशासनविरुद्ध जनतालाई सचेत र जागरुक बनाउने काममा लाग्ने उनको भनाइ थियो ।

"हामीलाई अहिले सरकारतिर हेर्नुछैन । भ्रष्टाचार र विकृतिको गजमा उभिएको यो सरकारलाई जनताले नै उखालेर फाल्ने  दिन आउँछ," पुनले भने, "सुशासनको अभियानविरुद्ध भ्रष्टहरू जोगाउने स्वार्थले बनेको सरकार आफैँ कुहिएर झर्छ ।"

उनले आफूहरू प्रतिपक्षमा बसेर सरकारका खराब कामप्रति औंला उठाउने र सुशासन, संविधान, संघीयता, समावेशीता, राष्ट्रियताको पक्षमा र कुशासन र भ्रष्टाचारविरुद्धमा जनतालाई संगठित, जागरुक र आन्दोलित बनाउने बताए ।

कीर्तिपुरमा बिहीबार आयोजित चुनावीसभालाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, मंसिर १४, २०८१  २१:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Kitchen Concept NoticeKitchen Concept Notice
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro