site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचन कास्की : एक मतदान केन्द्रमा पाँच कर्मचारी खटिने
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । शनिबार हुने कास्की २ को उपचुनावको अन्तिम तयारी सकिएको छ । निर्वाचन सामग्री लिएर कर्मचारी मतदान केन्द्रमा पुगिसकेका छन् । सुरक्षाकर्मी र स्वयंसेवक पनि तैनाथ छन् ।

उनीहरूलाई निर्वाचनका लागि आवश्यक पर्ने सामग्री प्रदान गरेर जिल्ला निर्वाचन कार्यालयले मतदानस्थल पठाएको हो । मतदानका लागि निर्वाचन अधिकृतले ५६ प्रकारका निर्वाचन सामग्री बुझेर सम्बन्धित क्षेत्रमा गएका छन् । 

कर्मचारी तथा सुरक्षाकर्मीलाई मतपेटीका, मतपत्र, आवश्यक पर्ने अन्य सामग्री दिएर मतदानस्थल पठाएको जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले जानकारी दिए ।

KFC Island Ad
NIC Asia

“हामीले निर्वाचनका लागि आवश्यक पर्ने सामग्री दिएर कर्मचारीलाई मतदान स्थलमा पठाएका छौँ,” उनले भने । सुवेदीका अनुसार यहाँको चुनावमा चार सय १० जना कर्मचारी खटिएका छन् । एक मतदान केन्द्र बराबर पाँच जनाका हिसाबले आयोगले कर्मचारी खटाएको छ । यहाँ ८२ वटा मतदान केन्द्र र ३२ मतदान स्थल छन् ।

कर्मचारी बाहेक तीन सय २८ जना स्वयंसेवक पनि उपचुनावका लागि खटिएका छन् । 

उपचुनाव हुने ११ वटा वडाका ७१ हजार आठ सय ७१ जना मतदाताले मतदानमा भाग लिनेछन् । प्रतिनिधिसभा क्षेत्रभित्रका प्रदेश ‘क’ र ‘ख’ मा १६–१६ वटा मतदान केन्द्र तोकिएका छन् । उपनिर्वाचनमा मतदान गर्नेमा पुरुषको तुलनामा महिला मतदाता बढि छन् । 

कार्यालयका अनुसार मंसिर १४ को उपनिर्वाचनमा ३८ हजार सात सय ६४ जना महिला र ३३ हजार एक सय छ जना पुरुष मतदाताले मतदान गर्नेछन् । एक जना तेश्रोलिंगी मतदाताले पनि मतदान गर्नेछन् । ती मतदाताले वडा नं. ९ को सहारा बाल आधारभूत विद्यालयमा तोकिएको मतदान केन्द्रमा मतदान गर्नेछन् । 

आयोगले शनिबार बिहान ७ देखि साँझ ५ बजेसम्म मतदानको समय तोकेको छ । मतदातालाई बिहिबार र शुक्रबारसम्म मतदाता परिचयपत्र वितरण गरिने कार्यालयले जनाएको छ । 
उनीहरुको मतको आधारमा नै २१ मध्येबाट एकजना प्रतिनिधीसभा सदस्य चुनिनेछन् । यहाँको चुनावमा १० स्वतन्त्र सहित ११ राजनीतिक दलका उम्मेदवार गरि कुल २१ जना चुनावमा भिड्दैछन् ।

त्यसैगरी, सुरक्षा चुनौतीलाई ध्यान दिँदै एकृकीत सुरक्षा समितिमार्फत भयरहित वातावरणमा चुनाव सम्पन्न गर्न सबै तयारी पूरा भएको प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले जानकारी दिए । निर्वाचनलाई सामान्य, संवेदनशील, अतिसंवेदनशील गरी तीन तहमा विभाजित गरी सोहीअनुसारको सुरक्षा प्रबन्ध मिलाइएको केसीले बताए । सम्पूर्ण सुरक्षाकर्मी मतदानस्थलमा पुगिसकेका र सबै सुरक्षा प्रबन्ध मिलाइएको उनले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १२, २०७६  १७:४१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro