site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
विवेकशीलको घरदैलोः गाली राजनीतिबाट टाढा 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । चुनावको मिति नजिकिँदै जाँदा दलहरुको आक्रामक प्रचार जारी छ । २१ उमेदवारमध्ये यहाँ ११ बाहेक अरु सबै गैरराजनीतिक उमेदवार हुन् । स्वतन्त्रदेखि दलीय अधिकांश उमेदवारहरु आफ्नो एजेण्डाभन्दा पनि सरकारप्रति आक्रोश पोखेर नै सहानूभुति बटुल्दै छन् ।

‘गाली राजनीति’ को प्रयोग पछिल्ला दिनमा बढ्दै गइरहेको छ । दलहरुबीचको कमजोरीलाई नै फरक दलका उमेदवारहरुले ‘राजनीतिक हतियार’ को रुपमा प्रयोग गरिरहेका छन् भने विवादास्पद अभिव्यक्ति पनि सार्वजनिक भइरहेको छन् ।

भ्रष्टाचार, महंगी, कर, अन्याय देखि व्यक्तिगत कुरालाई समेत प्रचार गरेर संवेदनाको राजनीति यहाँको प्रचारप्रसारमा प्रयोग भएका छन् । यसलाई हतियार बनाउनेमा पार्टीका शीर्ष तहका नेताहरु नै छन् ।
तर, यहाँ गालीको राजनीतिभन्दा पर रहेर मत माग्ने स्वतन्त्र उमेदवार पनि छन् । जो मन्द मुस्कान सहित मतदातासमक्ष जान्छन्, चुनाव चिन्ह दिन्छन् र मत माग्छन् ।

KFC Island Ad
NIC Asia

उनी हुन्, स्वतन्त्र उमेदवार जमुना शर्मा, जसलाई विवेकशील नेपाली दलले समर्थन गरेको छ । कुनै समय संघीय राजधानीमा वैकल्पिक शक्तिको रुपमा तहल्का मच्चाएको विवेकशील नेपाली दल अहिले भने निर्वाचन आयोगमा दर्ता छैन ।

दर्ता नभएता पनि उपस्थिति जनाउँदै कास्की २ मा विवेकशीले जमुना शर्मालाई समर्थन गर्दै उपचुनावमा भाग लिएको छ । अन्य पार्टीको जस्तो चर्को प्रचारशैली र गालीगलौजको राजनीतिबाट बाहिर रहेरै समर्थकहरुले जमुना शर्माको नाममा मत मागिरहेका छन् । शनिबार मात्रै विवेकशीलले वडा नं. १७ को महतगौँडामा घरदैलो सकेको छ ।

निर्वाचन आयोगले शर्मालाई गुलाबको फूल चुनाव चिन्ह दिएको छ । हरेक दिन बिहान समर्थकसहित उमेदवार शर्मा एक हातमा देशको झण्डा र गुलाबको फूल लिएर निस्कन्छिन् । समर्थकहरुले आफूले बोकेको चुनावी प्रतिबद्धता मतदातालाई दिन्छन् ।

विवेकशीलले प्रतिबद्धता पत्रमा ‘शिक्षा, स्वास्थ्य, सुशासन, संस्कृति र सम्पदा’ लाई प्रमुख मुद्दा बनाएर चुनावमा होमिएको छ । समर्थकहरुले प्रतिबद्धता पत्र सुनाउँदै भन्छन्, “विवेकशील काम गर्न नै जन्मिएको पार्टी हो, अरु पार्टीलाई हामीले हेरिसक्यौँ, विवेकशील नेपालीलाई अघि बढाएर देशमा नयाँ आशा अनि उत्साह भर्नको लागि तपाईको भोट चाहिएको छ ।”

‘सहभागितामूलक लोकतन्त्र’ मार्फत् सरकारको निर्णय प्रक्रियामा नागरिकको अर्थपूर्ण सहभागिता गराएर नागरिकको जीवनलाई सहज बनाउने उद्धेश्य बोकेर हिँडेको विवेकशीलले विदेशमा भएका नेपालीहरुलाई पनि मतदान गर्न दिनुपर्ने अभियान थालेको छ । 

युवा, उद्यमशीलता, यातायात, ऊर्जा, सञ्चार, शिक्षा, स्वास्थ्य, खाद्य सुरक्षाको सुनिश्चिततालाई विवेकशीलले प्रतिबद्धतामा समेटेको छ ।

प्रतिबद्धता पत्रका कुरा मतदातालाई पढेर सुनाउँछन्, अनि भन्छन्, ‘मत गुलाबको फूलमा दिनुहोस ।’

मतदाताले जितको आशिर्वाद दिन्छन्, र टोली अगाडि बढ्छ । संख्यात्मक रुपमा कम देखिएता पनि प्रचारमा खटिने युवाहरुको जोश भने कम छैन ।

चुनाव चिन्ह पाएपछि अहिले विवेकशील समर्थित उमेदवारले मतदातासँग अन्तरक्रिया र घरदैलो गर्दैछ । सार्वजनिक चोकमा दलको ब्यानर झुण्डयाउने, त्यहाँको चोक सफा गर्ने र अगाडि बढ्ने शैली विवेकशीले अपनाएको छ ।

राम्रो बोली र स्वस्थ प्रतिष्पर्धाले पनि चुनाव सम्पन्न हुन्छ भन्ने मान्यता राख्छिन्, उमेदवार जमुना शर्मा ।

निर्वाचन आयोगमा मनोनयन दर्तापछि पत्रकारसँगको कुराकानी उनले भनेकि थिइन्, “हामी अभियानमा निक्लिँदै गर्दा मैदानमा प्रतिष्पर्धी, सामाजिक रुपमा हेर्दाखेरि पहिला हुने गरेको प्रतिद्वन्द्वीको तरिकाले हेर्ने खालको मानसिकता छ, त्यो भन्दा फरक तरिकाले सबैप्रति सद्भावले हामी सबै स्वच्छ प्रतिष्पर्धा, आत्मीय रुपमा सौहार्दपूर्ण तरिकाले निर्वाचनलाई सभ्य तरिकाले सम्पन्न गर्नुपर्छ भन्ने विचार राख्छु ।”

राम्रो बोलेरै विचार र विषयको उठान गर्न सकिने उनको मान्यता छ ।

“हामी सबै मिलेर समाज निर्माणको अभियानमा अगाडि बढेमात्र हामीले चाहेजस्तो समाज निर्माण हुन सक्ने हुँदा । नराम्रो तरिकाले अस्वस्थ प्रतिष्पर्धा गर्नुपर्छ भन्ने छैन् । हामीले हाम्रा विचार, विषयहरुलाई बाहिर ल्याउने हो, त्यसको लागि सानो विषयबाट सानो आवाजबाट, स्वस्थ र मिठो बोलेर पनि हाम्रो पहिचानलाई, परिचयलाई पृथक बनाउन सक्छौँ भन्ने लाग्छ,” उनको भनाई छ ।

मौन अवधी सु्रु हुन चार दिन बाँकी रहँदा विवेकशीले यस क्षेत्रका वडा नं. ७, ८, ४, ९, १५, १७, २१ र ३३  मा चुनावी अभियान सकेको जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, मंसिर ७, २०७६  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro