site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्की २ उपनिर्वाचन : शिक्षक सरुवा बदर गर्न महानगरलाई निर्वाचन कार्यालयको पत्र
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । निर्वाचन आचारसंहिता लागु भइसकेपछि पोखरा महानगरले दुई शिक्षकको सरुवा गरेको पाइएको छ । कास्की २ मा उपनिर्वाचन हुँदैछ र कात्तिक ८ गतेदेखि आचारसंहिता लागु भइसकेको छ ।

तर, आचारसंहितलाई बेवास्ता गर्दै पोखरा महानगरपालिका शिक्षा महाशाखाले दुईजना शिक्षकको सरुवा गरेपछि निर्वाचन कार्यालयले उक्त सरुवा बदर भएको जानकारी पोखरा महानगरलाई दिएको छ । निर्वाचन आचारसंहिता, २०७२ को परिच्छेद ४ को दफा १० ले आचारसंहिता लागु भइसकेको अवस्थामा कर्मचारी सरुवा, बढुवा गर्न वा काज खटाउन नपाइने व्यवस्था गरेको छ ।

उक्त दफाको उपदफा १ ले ‘कर्मचारीलाई निर्वाचनको काममा बाहेक अन्यत्र सरुवा, बढुवा वा काजमा खटाउन हुँदैन ।’ भनेको छ ।

KFC Island Ad
NIC Asia

तर, पोखरा महानगरपालिकाले भने दुईजना शिक्षकको सरुवा सहमति दिएको छ । सरुवा हुनेमा पोखरा महानगरपालिका वडा नं. १६ स्थित निर्मला आधारभूत विद्यालयकी शिक्षिका दुर्गा कुमारी शर्मा र सोही वडाकै ज्ञानज्योती माध्यमिक विद्यालयका शिक्षिका जमुना कुमारी शर्मा रहेका छन् ।

दुर्गाकुमारी शर्मालाई कात्तिक २० गते महानगरले वडा नं. १७ स्थित महतगौँडाको जानकी आधारभूत विद्यालयमा र जमुनाकुमारी शर्मालाई १९ गते वडा नं. ११ को काहुँ आधारभूत विद्यालयमा सरुवा गरिदिएको थियो ।

वडा नं. १७ र ११ दुवै उपनिर्वाचन हुने वडा हुन् । आचारसंहिता विपरित उजुरी परेपछि मुख्य निर्वाचन अधिृकतको कार्यालयमा उजुरी परेको थियो । उजुरीपश्चात कार्यालयले दुवै शिक्षकको सरुवा बदर गर्न महानगरलाई मंगलबार पत्र लेखेको छ ।

“हामीले बदर गर्न भनेका छौँ, अब महानगरले के गर्छ” जिल्ला निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले भने ।

यता, महानगरले भने मंसिर २ गते जिल्ला निर्वाचन कार्यालयसँग थप शिक्षकको काज सरुवाको लागि सहमति मागेको छ । उक्त सहमति कार्यान्वयन नहुने जानकारी निर्वाचन कार्यालयले दिएको छ ।

आचारसंहिता विपरित शिक्षक सरुवाको विषयमा बुझ्न खोज्दा महानगरका शिक्षा महाशाखा प्रमुख गंगा गुरुङ सम्पर्कमा भने आएनन् । कास्की २ प्रतिनिधीसभा क्षेत्रभित्र पोखरा महानगरपालिकाका ४,७, ८, ९, ११, १५, १६, १७, २०, २१ र ३३ वडा पर्दछन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, मंसिर ३, २०७६  १६:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro