site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘पुँजीवाद फाइँफुइँ हो, समाजवादसँग सापटी लिएर बाँचेको छ’

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुँजीवादको कडा आलोचना गरेका छन् । नेकपाको भ्रातृ संस्था युवा संघ नेपालको आयोजनामा आइतवार काठमाडौंमा भएको कार्यक्रममा प्रधानमन्त्री ओलीले करिब डेढघण्टा लामो सम्बोधन गरे ।  बसेरै सम्बोधन गरेका प्रधानमन्त्री ओलीले करिब डेढघण्टा बिताएका थिए । 
बिरामीसमेत रहेका प्रधानमन्त्री पछिल्ला दिनमा सार्वजनिक कार्यक्रममा खासै देखिँदैनन् ।

अधिकांश समय सरकारको काम, पार्टीका गतिविधिमा केन्द्रित रहेका प्रधानमन्त्री ओलीले पुँजीवादको कडा शब्दमा आलोचनासमेत गरे । उनले पुँजीवाद संकटमा रहेको समेत दाबी गरे । पुँजीवाद संकटमा रहेको, न्यायबिना नाफाको कुरा गर्ने भएकाले निर्मम रहेको, बाँच्नका लागि समाजवादका कुराहरु अंगालेको उनको टिप्पणी थियो ।

“पुँजीवाद अहिले लौरो टेकेर लड्खडाएको स्थितिमा छ । यद्यपी, फाइँफुइँ धेरै छ । किनकि त्यसको सिद्दान्तको जगनै नाफा कमाउने छ । नाफा निर्ममताको अर्को कुरा हो । त्यसले न्याय हेर्दैन । न्यायबिनाको नाफा पुँजीवाद हो,” उनले भने, “ पुँजीवाद आफैँ पनि हिजोको सक्कली पुँजीवादको अवस्थामा रहन सकेको छैन । पुँजीवादले अस्तित्व रक्षाका लागि कतिपय समाजवादका विचारहरु, समाजवादको लक्ष्यहरु सापटी लिएको छ । स्वास्थ्य, शिक्षा, सामाजिक सुरक्षा, बालबालिकाको शिक्षा, व्यवस्थापनमा मजदुरको सहभागितादेखि लिएर पुँजीवादका कुराहरु छाडेर समाजवादका कतिपय कुराहरु अंगालेर बाँच्नुपरेको छ ।”

पुँजीवादले सामाजिक न्याय र समानताको विरोध गर्ने पनि उनले बताए ।  उनले आफुहरु पनि पुँजीको विकास चाहने तर, त्यस्तो पुँजीको विकास पुँजीवादका लागि नभइ समाजवादमा जानका लागि हुने बताए । “हामी पुँजीवादी होइनौं । पुँजीको विकास गरेर समाजवादतर्फ जाने हो हामी । त्यसकारण हामीले सबभन्दा श्रेष्ठ प्रणाली अपनाएका छौं समाजवाद,” उनले भने ।

समाजवादका नाममा विकृत प्रयोगहरु भएको स्वीकार्दै उनले ती विकृत प्रयोगहरु समाजवाद नै नभएको बताए । उनले ती विकृत प्रयोगहरुबाट आफुले शिक्षा लिएको बताए । उनले समाजवादबारे पनि आफ्नो व्याख्या सुनाए । समृद्धिमा न्याय मिसाएपछि समाजवाद हुने उनले बताए ।

कालापानीबाट फौज फिर्ता लैजान आग्रह

प्रधानमन्त्री ओलीले डेढघण्टा लामो आफ्नो भाषणमा कालापानी बारे पनि धारणा राखे । कालापानीबाट भारतीय सेनालाई फिर्ता लैजान आग्रह गरे । “यो सीमा, यो नक्सा यो मिचिएको कुरा । अहिले मिचिएको होइन । अहिले भर्खर भएको होकि जसरी केहीले उछाल्न खोजेका छन्,” भारतप्रति लक्षित गर्दै उनले भने, “यस सरकारले आफ्नो भूमि एकइञ्च पनि मिच्न दिँदैन । अरुको जमिन पनि हामीलाई चाहिएको छैन । हाम्रा जमिनबाट छिमेकीले सेना फिर्ता लानुस्, हाम्रो आग्रह छ ।” 

कतिपयले आफुलाई हिरो देखाउनका लागि सीमा मिचिएको कुरा उचालेको भन्दै त्यस्ता कुराको पछाडि नलाग्न पनि उनले कार्यकर्तालाई निर्देशन दिए ।

प्रधानमन्त्री ओलीले अहिले सरकारको विरोध दुई किसिमले हुने गरेको भन्दै आफ्नो बचाउ गरे । सरकारको विरोध गर्नेहरुलाई उनले दुई भागमा विभाजन गर्दै भने, “कम्युनिष्ट सरकार छ, जे गरे पनि विरोध गर्नुपर्छ भन्ने एउटा वैचारिक पूर्वाग्रह छ । अर्को आफुले केही पाइन भनेर आत्मकेन्द्रित स्वार्थी विरोध गर्ने छन् ।”
फाइल तस्बिर 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, मंसिर १, २०७६  १९:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro