site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
निर्वाचन आयोगको गम्भीर गल्ती : चुनाव चिन्हको नाम डोजर, चित्र रोलर  
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । कास्की २ को प्रतिनिधीसभा उपनिर्वाचनमा स्वतन्त्रका उमेदवारलाई प्रदान गरिने चुनाव चिन्हमा निर्वाचन आयोगले गम्भीर गल्ती गरेको छ । मंसिर १४ गते यहाँ उपनिर्वाचन हुँदैछ । निर्वाचन कार्यतालिका अनुसार आयोगले सोमबार स्वतन्त्रका उमेदवारलाई चुनाव चिन्ह प्रदान गरेको छ । 

तर, आयोगले तय गरेको चुनावी चिन्हमा भने चित्र र नाम फरक परेको छ । आयोगले तय गरेको चुनाव चिन्हमा डोजर नाम लेखेर चित्र भने रोलर राखिएको छ । यो चुनावी चिन्ह स्वतन्त्र उमेदवार रनबहादुर दमैले पाएका हुन् । आयोगले सोमबार सबै उमेदवारलाई उमेदेवारको क्रमसंख्याको आधारमा चुनाव चिन्ह रोज्न लगाएको थियो ।

सोही आधारमा स्वतन्त्र उमेदवार पोखरा १७ का ५६ वर्षीय रनबहादुर दमैले आफ्नो चुनाव चिन्ह डोजर रोजेका छन् । तर, आयोगले सार्वजनिक गरेको उक्त चुनाव चिन्हमा डोजर नाम लेखिए पनि चित्र भने रोलरको राखिएको छ । चित्र र नाम फरक भएपछि उक्त चुनाव चिन्ह पाउने उमेदवार रनबहादुर दमै भने आफैं अलमलिएका छन् ।

KFC Island Ad
NIC Asia

उनले भने, "आफू मजदुरी गर्ने भएका कारण डोजर चुनाव चिन्ह रोज्ने निर्णय गरेका थिए । अब म के भनेर भोट मागुँ ?"

“त्यहाँ लेख्दा डोजर लेख्नुभएको छ, चिन्ह चाहिँ रोलर छ, कसो गर्ने होला भन्दै छु म त्यसलाई । मैले सोधिन पनि, त्यही रोजेँ त्यही लिएँ । पर्चामा छाप्दा त डोजरको बनाउँछु, फेरि चिन्ह रोलरको हुँदा भोट हाल्दैनन कि भन्ने लागेको छ । भोलि एकपटक आयोगमा गएर सोध्छु,” उनले भने ।

यता जिल्ला निर्वाचन कार्यालय कास्कीका निर्वाचन अधिकारी महेन्द्रराज सुवेदीले आयोगले नै गल्ती गरेको स्वीकार गरे । “मैले पनि राम्रोसँग हेरिन, आयोगलाई सोध्नुपर्ला । नाम र चिन्ह फरक भएपछि अप्ठ्यारो त हुन्छ नै । आयोगसँग एकपटक बुझ्छु । ख्याल गरिएनछ । आयोगले नै तय गरेका चिन्ह दिने हो, गल्ती नै भएहोला, मैले पनि राम्रोसँग हेरिन, ” सुवेदीले भने ।

यस्तै, आयोगले दमैसँगै १० जना उमेदवारलाई नै चुनाव चिन्ह दिएको छ । ११ जना स्वतन्त्र उमेदवारी दर्ता भए पनि आइतबार एकजना स्वतन्त्र उमेदवारले उमेदवारी फिर्ता लिएका थिए । विवेकशील नेपाली दलको समर्थनमा चुनावमा भाग लिएकी जमुना शर्माले ‘गुलाबको फूल’ चुनाव चिन्ह पाएकी छन् । विवेकशील आयोगमा दर्ता नभएकाले स्वतन्त्र चुनाव चिन्ह पाएको हो ।

स्वतन्त्रबाट कमलजंग कुँवरले शंख, दिपक रेग्मीले क्यामेरा, नवराज बास्तोलाले कलम, यज्ञप्रसाद पंगेनीले आँप, लक्ष्मी कुमारी भुजेलले माहुरी, सुनिल बहादुर कोइरालाले टेबुल र सुनिल भुसालले क्रिकेट ब्याटलाई चुनाव चिन्ह रोजेका छन् । बाँकी ११ जना उमेदवारहरुले चाहीँ दलीय चिन्ह पाएका छन् ।  

चुनावी प्रतिस्पर्धामा सत्तारुढ दल नेकपाबाट विद्या भट्टराई, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबाट खेमराज पौडेल, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट रोमबहादुर भण्डारी, संघीय समाजवादी पार्टीबाट धर्मराज गुरुङ, साझा पार्टीबाट रजनी केसीले दलीय चिन्ह नै पाएका छन् । 

नेपाल कम्युनिस्ट पार्टी (माले)का टेकनाथ भण्डारी, नेपाली कांग्रेस (बिपी)का तर्फबाट चन्द्रबहादुर रानाभाट, राष्ट्रिय जनमुक्ति पार्टीका तर्फबाट पूर्णबहादुर राना, देशभक्त समाजका तर्फबाट वीरबहादुर विश्वकर्मा, राष्ट्रिय प्रजातन्त्र पार्टी 'संयुक्त'बाट गंगा मल्ल, मंगोल नेसनल अर्गनाइजेसनबाट रियाज गुरुङले समेत दलीय चुनाव चिन्ह पाएका छन् ।

कास्की २ मा १० स्वतन्त्र सहित ११ दलीय गरी २१ उमेदवार चुनावी मैदानमा प्रतिस्पर्धी छन् । दलीय उमेदवारलाई निर्वाचन आयोगमा दर्ता भएको चुनाव चिन्ह प्रदान गरिएको सहायक निर्वाचन अधिकृत रामचन्द्र उपाध्यायले जानकारी दिए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, कात्तिक २५, २०७६  १९:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro