site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कास्कीमा घरदैलो तीव्रः कोही सांगीतिक प्रचारदेखि मातृभूमिको रक्षाको मागसम्म 
Sidddhartha Bank Banner AdSidddhartha Bank Banner Ad
SkywellSkywell

पोखरा । चुनाव नजिकिँदै गर्दा उमेदवारहरुको घरदैलो कार्यक्रम पनि तीव्र बन्न थालेको छ । कास्की २ को उपनिर्वाचनमा २२ जनाको उमेदवार परेता पनि कार्यक्रम नै सार्वजनिक गरेर प्रचारमा जुट्नेमा चाहिँ सत्तारुढ नेकपा र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवार नै छन् । नेकपाले उपनिर्वाचनमा दिवंगत रवीन्द्रपत्नी विद्यालाई उमेदवार बनाएको छ भने कांग्रेसले पाका उमेदवार खेमराज पौडेललाई । यी दुई मुख्य प्रतिष्पर्धीबीच जित हात पार्न दुवै दलले सक्रियता बढाएका छन् ।

शनिबार मात्रै विद्याले निर्वाचन क्षेत्रका श्रमिकहरुसँग भेटघाट एवम् अन्तरक्रिया गरेकी छन् । भेटपश्चात उनले सरकारको सामाजिक सुरक्षा योजनाको बारेमा जानकारी गराउँदै श्रमिकहरुको सबलीकरण आफ्नो प्राथमिकतामा रहेको आश्वासन दिलाइन् । श्रमको सम्मान र श्रमबाट मात्रै समृद्ध नेपालको सम्भावना रहेको हुँदा श्रमिकहरुको हक अधिकारको निम्ती आफ्नो प्रतिबद्धता रहेको उनले बताइन् ।

नेकपाले १९ गते नै २ हजार ६ सय ४१ सदस्यीय परिचालन समिति गठन गरिसकेको छ । यस्तै, २६ वटा उपसमिति बनाएको थियो । संघीय समाजवादी पार्टीले ५ सय १ सदस्यीय प्रचार समिति गठन गरेको छ । यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उमेदवारको तयारी पनि कम भने छैन । उमेदवारी दिएपछि खेमराज पौडेलले आफ्ना क्षेत्रका क्रियाशील सदस्यसँग भेट गरिसकेका छन् । 

KFC Island Ad
NIC Asia

आइतबारदेखि निर्वाचन क्षेत्रभित्रका वडाहरुको घरदैलो सुरु गर्ने कांग्रेसको कार्यक्रम छ ।  सो अनुरुप आइतबार बिहान १०ः३० बजे पोखराको सिद्धार्थचोकबाट अभियान थालनी गर्ने भएको छ । शुक्रबार मात्रै कांग्रेसले चुनावकै लागि क्षेत्रीय भेलामार्फत् ३ हजार ५५१ सदस्यीय चुनाव प्रचारप्रसार समिति गठन गरेको छ ।

समितिको मूल संयोजकमा पार्टी सभापति कृष्ण केसी, उपसंयोजकद्वयमा क्षेत्रीय सभापति माधव बाँस्तोला मधु र नगर सभापति बजीरमान श्रेष्ठ छन् ।  आइतबार घरदैलो अभियान शुरु हुने वडा पोखरा–४ मा यज्ञबहादुर थापा, ८ मा तारानाथ रानाभाट र ९ मा शुक्रराज शर्मा संयोजक रहेका छन् । मूल समितिमा कास्की २ का क्षेत्रीय सभापति माधवप्रसाद बास्तोला (मधु) र पोखरा महानगरका सभापति बजिरमान श्रेष्ठ सहसंयोजक छन् । महानगरका ११ वडाभित्र आगामी चुनाव हुँदैछ । सबै वडामा कांग्रेसले प्रचार संयोजक तोकेको छ ।

पोखरा ४ मा पूर्वमन्त्री यज्ञबहादुर थापा संयोजक छन् भने ७ मा कास्की काँग्रेसका पूर्वसभापति शुक्रराज शर्मा, ८ मा पूर्वसभामुख तारानाथ रानाभाट, ९ मा वीरेन्द्रनारायण विजुक्छे, ११ मा पूर्व सांसद शारदा पौडेल, १५ मा राष्ट्रियसभा सदस्य बृन्दादेवी राना, १६ मा केन्द्रीय आमन्त्रित सदस्य तथा प्रदेश सांसद कुमार खड्काले चुनावी कार्यक्रमको नेतृत्व गर्नेछन् । 

“प्रचारका लागि ११ वटै इकाइमा हाई कमाण्डमा बनाएर पठाएका छौं । खटिएका प्रतिनिधिले कार्यालय उद्घाटन गर्ने र ४ नम्बर वडाबाट घरदैलो सुरु गर्ने कार्यक्रम छ,” सभापति केसीले भने । उनले जिम्मेवारीमा रहेका सबैलाई कार्यक्षेत्रमा गएर काम थाल्न आग्रह गरेका छन् ।

‘यसपटकको भोट झ्याप्पै तराजु’

साना दलहरुको प्रचारशैली भने अलिक भिन्न छ । साझा पार्टीले रजनी केसीलाई उम्मेदवार बनाएर सबैभन्दा पहिले चुनाव प्रचार थालनी गरेको थियो । सांगीतिक प्रचार गर्दै मतदातामाझ साझाले प्रचार गरेको छ । साझाको गीत छ, ‘यसपटकको भोट झ्याप्पै तराजु ।’

मातृभूमिको रक्षा गरौँ

यता, विवेकशील नेपाली दलको समर्थनमा मैदान उत्रिएकी जमुना शर्मा भने शनिबार मानवाधिकार चोकमा देखिइन् । उनको हातले नेपालको राष्ट्रिय झन्डा समातेको थियो, भने ‘मातृभूमिको रक्षा गरौँ’ लेखिएको पर्चा पनि ।  त्यहाँ उनी प्रचार गर्न भने आएकी होइनन् । अनसनरत डा. गोविन्द केसीको पक्षमा शान्तिपूर्ण प्रदर्शनमा उनी उपस्थित भइन् । विवेकशीलका कार्यकर्ताहरुसँगै उपस्थित शर्माले पर्चा, पम्प्लेट सहित केसीको पक्षमा प्रदर्शनमा सहभागी भएकी हुन् ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, कात्तिक २४, २०७६  ०७:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro